ताजा समाचार

कम्यून भिलेजको बारेमा पूर्वमन्त्री पुनद्धारा छलफल

रुकुम –पूर्व  । को सिस्ने गाउँपलिका वडा नम्बर २ स्थित छिपखोलामा नमुना बस्ति विकास (कम्यून भिलेज) को बारेमा छलफल गरिएको छ । पूर्व मन्त्रिसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका नेता गनेशमान पुनले छिपखोलाका नागरिकसँग कम्यून भिलेजको बारेमा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो ।

नेता पुनकै कन्सेप्टमा छिपखोलामा कम्यून भिलेजको अवधारणालाई अगाडि बढाउन लागिएको छ । यसको मास्टर पलान यसअघि नै निर्माण गरिसकिएको छ । सो पलानलाई पूर्णता दिनको लागि जयबहादुर पुनको अध्यक्षतामा १७ सदस्यीय समिति पनि निर्माण गरिएको छ । जसको सचिवमा नरहरी पुन रहनुभएको छ । मास्टर पलानमा कम्यून भिलेजका विभिन्न पक्षहरुलाई समेटीएको छ । ती पक्षहरुलाई गहिरो रुपमा अध्यन गर्ने र त्यसलाई पूर्णता दिने काम समितिले गर्ने गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष जिवन केसीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कम्यून भिलेजमा युद्ध पर्यटनसँग जोडिएको जनकम्यून चलेको, जनवादी विद्यालय सञ्चालन भएको र जनसत्ताले निर्माण गरेको विद्युत आयोजना भएको र एउटै गाउँबाट ६ जना सहिद भएको लगाएतका कुराहरुलाई समेटेर मीनी संग्राहलय बनाउने योजना रहेको छ । यस्तै शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रको सुधार, उत्पादनलाई अभियानको रुपमा अगाडि बढाउने, संस्कार, सस्कृतिको संरक्षण, सामाजिक मुल्य मान्यता, स्थानीय स्रोत साधनको व्यवस्थापन तथा प्रयोगलगाएतका पक्ष तथा विषयहरु प्याकेजमा रहेको वडाध्यक्ष केसीले बताउनुभयो ।

यी सबै विषयहरुमा नयाँ गठित समितिले अध्यन गरेर अन्तिम रुप दिने छ । नमुना बस्ति विकास (कम्यून भिलेज) को लागि सिस्ने गाउँपालिकाले चालु आर्थिक वर्षमै डिपिआर गर्न लागेको छ । आवश्यक संरचना निर्माणको लागि भने तीन तहकै सरकारसँग बजेटको पहल गर्ने बताइएको छ । छिपखोलामा कम्यून भिलेजको काम योजनाअनुसार भएमा सो क्षेत्र सबैको लागि पर्यटकिय गन्तव्य बन्नुका साथै जनयुद्धको बेलामा भएका अभ्यासलाई अध्यन गर्ने थलो बन्ने र जनताको जिवनस्तार पनि बदलिने वडाध्यक्ष केसीले बताउनुभयो ।

नेता पुनले छिपखोलामा पार्टी निर्माण सम्बन्धिको छलफल पनि गर्नुभएको छ । पार्टीको सेल, टोल कमिटी निर्माण, सदस्यता नविकरण, जनवर्गिय संगठन निर्माणसँगसँगै विकास निर्माणको विषयमा पनि पार्टीका कार्यकर्ता र आम नागरिकसँग नेता पुनले छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org