झलनाथ खनालको दबाबमा याैन दुराचारी अधिकारीलाई वायु सेवा निगमको जिम्मा
काठमाडौं । वायु सेवा निगमको अध्यक्षमा यौन दुराचारमा संलग्न युवराज अधिकारीलाई सरकारले नियुक्त गरेको छ । आफू मातहतका कर्मचारीमाथि यौन दुराचारमा संलग्न रहेका अधिकारीलाई सोमबारको मन्त्रिपरिषद बैठकले निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।
स्रोतका अनुसार नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको दबाबमा अधिकारीलाई नियुक्त गरिएको हो।
अधिकारी नेता खनालका गृह जिल्ला इलामका हुन । उनि कहिले राप्रपा कहिले एमाले गर्दै पार्टि चाहार्दै हिड्छन ।
नेकपा एस सरकारमा सहभागी भएपछि पहिले नियुक्ति नै याैन दुराचारीलाई गरेको हो ।
निगमका तत्कालीन अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा अधिकारीलाई नियुक्त गरिएको हो। घिमिरेलाई सुरुमा कार्यकारी अध्यक्ष बनाइएको भए पनि पछि कार्यकारी जिम्मेवारी डिमप्रकाश पौडेललाई दिइएको छ। अधिकारीले निगमको अर्थ विभाग प्रमुख हुँदा महिला कर्मचारीमाथि यौन हिंसा गरेका थिए। मातहतका कर्मचारीले उनीविरुद्ध राष्ट्रिय महिला आयोगमा समेत निवेदन दिएका थिए।
यौन हिसांकै विषयमा कर्मचारीले निगमका तत्कालीन महाप्रबन्ध सुगतरत्न कंसाकार समक्षसमेत निवदेन दिएका थिए।
हिंसा गरेको पुष्टि भएसँगै अधिकारीले माफी माग्दै अब उपरान्त यस्तो काम नगर्ने भन्दै मेलमिलाप गरेका थिए।
मेलमिलाप पत्रमा भनिएको छ, ‘ क्षमा मागी आगामी दिनमा सोही किसिमको गल्ती नदोहोर्याउने तथा दुबै पक्षले काँही कतै उजुरी नगर्ने गरी महाप्रबन्धको कार्याकक्षमा बसी होसहवासमा मेलमिलाप गरियो।’
अधिकारीले महिला कर्मचारीलाई आफ्नो कार्यकक्षमा बोलाइ ‘कति राम्री देखिएकी भन्दै संवेदनशिल अंगमा हेर्ने/छुने, यौन हिंसाजन्य कुरा गर्ने, सरुवा बढुवामा राम्रो ठाउँ मिलाइदिन्छु, विदेश घुम्न जाउँ, मसँग मोज गर्नुपर्छ भन्दै मानसिक यातना दिने र आत्मसम्मानमा गम्भीर चोट पुर्याउने काम गरको’ भन्दै कर्मचारीले महिला आयोगमा उजुरी दिएका थिए।
उजुरी दिने विषय थाहा पाएपछि कर्मचारीलाई कार्यकक्षमा बोलाइ धम्काएको समेत उजुरीमा उल्लेख थियो ।
Comments
अरु समाचार
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...