ताजा समाचार

१० औं महाधिवेशनपछि यस्तो हुनेछ एमालेको केन्द्रीय संरचना

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनमा हुँदैछ । संघीय मोडेलमा गएपछि एमालेको यो पहिलो महाधिवेशन हो । यसअघि ०७१ असारमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनले पुरानै संरचना अनुसार नयाँ नेतृत्व चयन गरेको थियो ।

असोज दोस्रो साता ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनले नेकपा एमालेको विधान, २०४९ संशोधन गरी संघीय संरचना अनुसार नयाँ विधान बनाएको छ ।

नयाँ विधान अनुसार एमालेको संगठनात्मक संरचना मुलभूतरूपमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको हुनेछ ।संशोधित विधान अनुसार ३३ प्रतिशत महिला अनिवार्य गरेको छ भने समावेशी सहभागितालाई समेत सुनश्चित गरेको छ ।

विधान बमोजिम तोकिएको मापदण्ड पूरा नभए महिला र समावेशीतर्फको सिट संख्या खाली रहने व्यवस्था छ । विधान अनुसार पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय निकायको पदाधिकारी तथा सदस्य बन्न पुरूषलाई १० वर्ष र महिला तथा जनाजातिको हकमा ७ वर्ष पार्टीको सदस्य भएर काम गर्नुपर्नेछ ।

संशोधित विधान अनुसार एमालेको २२५ सदस्य केन्द्रीय कमिटी रहनेछ । निर्वाचित नयाँ केन्द्रीय कमिटीले १० प्रतिशत सदस्य मनोनयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि मंसिर ११  गते मनोनय दर्ता र १२ गते निर्वाचन हुने निर्वाचन कमिटीका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिएका छन् ।

कात्तिक १२ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकले १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटी, केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरू सम्बन्धी प्रस्ताव अनुमोदन गरेको थियो ।

संशोधित विधान अनुसार एमाले १५ पदाधिकारी, २१० केन्द्रीय सदस्य रहने व्यवस्था छ । त्यस्तै केन्द्रीय निकायको रूपमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र निर्वाचन आयोग रहने व्यवस्था छ ।

पदाधिकारीमा अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–४, महासविच–१, उप–महासचिव–१ र सचिव–७ जना रहेनछन् । निर्वतमान अध्यक्ष वरिष्ठ नेता रहने व्यवस्था रहेको छ ।

त्यस्तै, केन्द्रीय सदस्यमा ९८ जना खुला क्षेत्रबाट आउनेछन् । ती मध्ये ६० खुला र ३८ महिला हुनेछन् । यसैगरी समावेशी क्षेत्रबाट ६६ जना निर्वाचित हुनेछन् । ती मध्ये ४५  खुला र २१ महिला हुनेछन् । यसरी जम्म १६४ मध्ये १०५ खुला र ५९ महिला निर्वाचित हुनेछन् ।

यस्तो हुनेछ एमालेको संशोधित विधान अनुसार नयाँ केन्द्रीय कमिटी र केन्द्रीय निकायको संरचना

पदाधिकारी(खुल्ला)–१५
अध्यक्ष–१
वरिष्ठ उपाध्यक्ष–१
उपाध्यक्ष–४
महासविच–१
उप–महासचिव–१
सचिव– ७
भौगोलिक क्षेत्र : ४६ (खुला ३०/महिला १६)

प्रदेश १ : खुला ४ महिला २
प्रदेश २ : खुला ४ महिला २
वाग्मती : खुला ४ महिला २
गण्डकी : खुला ४ महिला २
लुम्बिनी : खुला ४ महिला २
कर्णाली : खुला ४ महिला २
सुदूरपश्चिम : खुला ४ महिला २
उपत्यका विशेष : खुला १ महिला १
सम्पर्क समन्वय : खुला १ महिला १

सामावेशी र खुला क्षेत्र : १६४ (१०७/महिला ५७)

आदिवासी जनजाति–२२ खुला १५ महिला ७
मधेशी–१६ खुला ११ महिला ५
दलित–१० खुला ७ महिला ३
थारु–६ खुला ४ महिला २
मुस्लिम–४ खुला ३ महिला १
श्रमिक–५ खुला ३ महिला १

पिछडिएको क्षेत्र–३ खुला २ महिला १

केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू

अध्यक्ष–१ खुला
उपाध्यक्ष–१ खुला
सचिव–१ खुला
सदस्य–७ खुला महिला ५
केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरू
अध्यक्ष–१ खुला
उपाध्यक्ष–१ खुला
सचिव–१ खुला
सदस्य–७ खुला महिला ५

केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू

अध्यक्ष–१ खुला
उपाध्यक्ष–१ खुला
सचिव–१ खुला
सदस्य–७ खुला महिला ५

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org