१० औं महाधिवेशनपछि यस्तो हुनेछ एमालेको केन्द्रीय संरचना
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनमा हुँदैछ । संघीय मोडेलमा गएपछि एमालेको यो पहिलो महाधिवेशन हो । यसअघि ०७१ असारमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनले पुरानै संरचना अनुसार नयाँ नेतृत्व चयन गरेको थियो ।
असोज दोस्रो साता ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनले नेकपा एमालेको विधान, २०४९ संशोधन गरी संघीय संरचना अनुसार नयाँ विधान बनाएको छ ।
नयाँ विधान अनुसार एमालेको संगठनात्मक संरचना मुलभूतरूपमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको हुनेछ ।संशोधित विधान अनुसार ३३ प्रतिशत महिला अनिवार्य गरेको छ भने समावेशी सहभागितालाई समेत सुनश्चित गरेको छ ।
विधान बमोजिम तोकिएको मापदण्ड पूरा नभए महिला र समावेशीतर्फको सिट संख्या खाली रहने व्यवस्था छ । विधान अनुसार पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय निकायको पदाधिकारी तथा सदस्य बन्न पुरूषलाई १० वर्ष र महिला तथा जनाजातिको हकमा ७ वर्ष पार्टीको सदस्य भएर काम गर्नुपर्नेछ ।
संशोधित विधान अनुसार एमालेको २२५ सदस्य केन्द्रीय कमिटी रहनेछ । निर्वाचित नयाँ केन्द्रीय कमिटीले १० प्रतिशत सदस्य मनोनयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि मंसिर ११ गते मनोनय दर्ता र १२ गते निर्वाचन हुने निर्वाचन कमिटीका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिएका छन् ।
कात्तिक १२ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकले १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटी, केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरू सम्बन्धी प्रस्ताव अनुमोदन गरेको थियो ।
संशोधित विधान अनुसार एमाले १५ पदाधिकारी, २१० केन्द्रीय सदस्य रहने व्यवस्था छ । त्यस्तै केन्द्रीय निकायको रूपमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र निर्वाचन आयोग रहने व्यवस्था छ ।
पदाधिकारीमा अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–४, महासविच–१, उप–महासचिव–१ र सचिव–७ जना रहेनछन् । निर्वतमान अध्यक्ष वरिष्ठ नेता रहने व्यवस्था रहेको छ ।
त्यस्तै, केन्द्रीय सदस्यमा ९८ जना खुला क्षेत्रबाट आउनेछन् । ती मध्ये ६० खुला र ३८ महिला हुनेछन् । यसैगरी समावेशी क्षेत्रबाट ६६ जना निर्वाचित हुनेछन् । ती मध्ये ४५ खुला र २१ महिला हुनेछन् । यसरी जम्म १६४ मध्ये १०५ खुला र ५९ महिला निर्वाचित हुनेछन् ।
यस्तो हुनेछ एमालेको संशोधित विधान अनुसार नयाँ केन्द्रीय कमिटी र केन्द्रीय निकायको संरचना
पदाधिकारी(खुल्ला)–१५
अध्यक्ष–१
वरिष्ठ उपाध्यक्ष–१
उपाध्यक्ष–४
महासविच–१
उप–महासचिव–१
सचिव– ७
भौगोलिक क्षेत्र : ४६ (खुला ३०/महिला १६)
प्रदेश १ : खुला ४ महिला २
प्रदेश २ : खुला ४ महिला २
वाग्मती : खुला ४ महिला २
गण्डकी : खुला ४ महिला २
लुम्बिनी : खुला ४ महिला २
कर्णाली : खुला ४ महिला २
सुदूरपश्चिम : खुला ४ महिला २
उपत्यका विशेष : खुला १ महिला १
सम्पर्क समन्वय : खुला १ महिला १
सामावेशी र खुला क्षेत्र : १६४ (१०७/महिला ५७)
आदिवासी जनजाति–२२ खुला १५ महिला ७
मधेशी–१६ खुला ११ महिला ५
दलित–१० खुला ७ महिला ३
थारु–६ खुला ४ महिला २
मुस्लिम–४ खुला ३ महिला १
श्रमिक–५ खुला ३ महिला १
पिछडिएको क्षेत्र–३ खुला २ महिला १
केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू
अध्यक्ष–१ खुला
उपाध्यक्ष–१ खुला
सचिव–१ खुला
सदस्य–७ खुला महिला ५
केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरू
अध्यक्ष–१ खुला
उपाध्यक्ष–१ खुला
सचिव–१ खुला
सदस्य–७ खुला महिला ५
केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू
अध्यक्ष–१ खुला
उपाध्यक्ष–१ खुला
सचिव–१ खुला
सदस्य–७ खुला महिला ५
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...