कांग्रेसको बागमती प्रदेश सभापतिमा बानियाँलाई प्रधानको साथ
काठमाडाैँ । नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशनमा सभापति पदमा पुनः मतदान हुने भएपछि तेस्रो भएका कृष्ण सिटौला पक्षका भीमसेनदास प्रधानले शेरबहादुर देउवा पक्षका इन्द्रबहादुर बानियाँलाई साथ दिन भएका छन्।
कांग्रेसको विधानबमोजिम सभापतिमा दुई वा सो भन्दा बढी उम्मेदवार हुँदा ५१ प्रतिशत मत प्राप्त गर्ने विजयी हुने प्रावधान छ। शनिबार भएको मतदान प्रक्रियाबाट बानियाँ, जगदिश्वर नरसिंह केसी र प्रधान तीन जनामध्ये कोहि कसैको ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुने निश्चित भएको थियो।
पुनः मतदानमा सभापतिका उम्मेदवारहरू बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ। मतका आधारमा तेस्रो भएका प्रधान चुनावी मैदानबाट बाहिरिएपछि उनले बानियाँलाई साथ दिने भएका हुन्। आज आइतबार ११:३० बजे संयुक्त घोषणा कार्यक्रममा प्रधानले बानियाँलाई मतदान गर्न आग्रह गर्दै आफूले पूर्ण रूपमा समर्थन गरेको घोषणा गरेका हुन्।
सभापतिमा बानियाँले ९ सय ९२, दोस्रो हुने केसीले ८ सय ७२ मत र तेस्रो हुने प्रधानले १ सय ९७ मात्र मत पाएका थिए। बानियाँ ४८ प्रतिशत मत ल्याएर बढी मत ल्याउने उम्मेदवार भएका छन्। निर्वाचन समितिका अनुसार कुल २ हजार १ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो। संस्थापन पक्षबाट बानियाँ, संस्थापन इतरबाट केसी र कृष्ण सिटौला पक्षबाट प्रधान चुनावी मैदानमा थिए।
सभापति पदमा पुन: मतदान हुने भएपछि पदाधिकारी र सदस्यहरुको मतगणना रोकिएको छ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...