कांग्रेस शीर्ष नेता गुटगत छलफलमा, संस्थापन र इतर पक्षको छुट्टाछुट्टै बैठक
काठमाडौं । पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवारी टुंगो लगाउन छलफलमा व्यस्त छन्।
हिजो दिनभर छलफल गरेका संस्थापन र इतर पक्ष आज पनि आन्तरिक छलफलमा जुट्दैछन्। सभापतिमा दोहोरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्यानलबाट उठ्ने पदाधिकारी चयन गर्दै छन्। त्यसैका लागि उनले बूढानीलकण्ठस्थित आफ्नै निवासमा आफूनिकट नेताहरुको बैठक राखेका छन्। बैठकले पदाधिकारीका उम्मेदवार टुंग्याउने बताइएको छ।
दुईजना उपसभापतिमा देउवा पक्षबाट ४ नेताले दाबी गरिरहेका छन्। तीमध्ये विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्कालाई मुख्य दाबेदार मानिएको छ। यद्यपि प्रदेशमा सहकार्य गरेका कृष्ण सिटौलालाई पनि उपसभापतिको उम्मेदवार बनाउने देउवाले तयारी गरेका छन्।
सिटौलाले उपसभापति बस्न नमाने उनी पक्षका एकजनालाई महामन्त्री दिने तयारी रहेको देउवा निकट नेताहरुको भनाइ छ। संस्थापन पक्षबाट महामन्त्रीमा हाल सह–महामन्त्री रहेका डाक्टर प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्माले दाबी गरेका छन्।
यस्तै सभापतिको साझा उम्मेदवार छान्न संस्थापन इतर पक्ष आज पनि छलफलमा जुट्दैछ। हिजो दिनभरको छलफलले निष्कर्ष निकाल्न नसकेपछि आज फेरि छलफल गर्न लागिएको हो। नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा हिजो बसेको बैठकमा महामन्त्री डाक्टर शशाङ्क कोइारालाले अरु तीन जना नेता मिलेमा आफू पद छाड्न तयार रहेको बताएका थिए। तर नेता सिंहसहित रामचन्द्र पौडेल र डाक्टर शेखर कोइरालाले आफ्नो दाबी छाडेका छैनन्। उनीहरु तीनजना मध्येबाट आज साझा उम्मेदवार घोषणा गरिने वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।
नेताहरुले आज बिहान आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिसँग रायपरामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेको नेता पौडेलको भनाइ छ।
कांग्रेस महाधिवेशन पर्सि शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
Comments
अरु समाचार
-
देउवा र गगन थापामाथि लगाइएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि...
-
संसदीय समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ। आज...
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, अवरोध कायमै रहने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक...
-
वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व संकलन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम...
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम...
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...