ताजा समाचार

देउवापक्षीय नेता भन्छन्– सिटौलासँग केन्द्रमा पनि सहकार्य हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आसन्न १४औँ महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलासँग केन्द्रमा पनि सहकार्य हुने बताएका छन् ।

बूढानीलकण्ठस्थित देउवा निवासमा जारी बैठकबारे सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । प्रदेश नम्बर–१, वाग्मती प्रदेशलगायतमा पनि सहकार्य भएकाले केन्द्रमा पनि सहकार्य हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।“लामो समयदेखि छलफल चलिरहेको छ । सभापति समकक्षी नेताहरूसँग महाधिवेशनलाई हार्दिकताका साथ सम्पन्न गर्नका लागि सकभर सर्वसम्मत योग्य नेताहरूलाई समावेश गर्न छलफल गरिरहनुभएको छ,” उनले भने, “कृष्णप्रसाद सिटौलाले पनि सकारात्मक सन्देश दिनुभएको छ । प्रदेश–१ को अधिवेशनमा पनि सहकार्य गर्‍यौँ । वाग्मती प्रदेशमा पनि सहकार्य गर्‍यौँ केही जिल्लामा पनि सहकार्य भइरहेको हिसाबले केन्द्रीयस्तरमा पनि उहाँहरूसँग सहकार्य हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।”

बैठकमा देउवालाई सभापतिमा विजयी गराउने सम्बन्धमा छलफल भइरहेको उनले जानकारी दिए । “वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिमा उमेदवारी पहिल्यै सार्वजनिक गरिसक्नुभएको छ । त्यो उमेदवारीलाई कसरी मजबुत बनाउने र विजयी हासिल गर्ने भनेर आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल भइरहेको छ,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org