देउवापक्षीय नेता भन्छन्– सिटौलासँग केन्द्रमा पनि सहकार्य हुन्छ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आसन्न १४औँ महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलासँग केन्द्रमा पनि सहकार्य हुने बताएका छन् ।
बूढानीलकण्ठस्थित देउवा निवासमा जारी बैठकबारे सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । प्रदेश नम्बर–१, वाग्मती प्रदेशलगायतमा पनि सहकार्य भएकाले केन्द्रमा पनि सहकार्य हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।“लामो समयदेखि छलफल चलिरहेको छ । सभापति समकक्षी नेताहरूसँग महाधिवेशनलाई हार्दिकताका साथ सम्पन्न गर्नका लागि सकभर सर्वसम्मत योग्य नेताहरूलाई समावेश गर्न छलफल गरिरहनुभएको छ,” उनले भने, “कृष्णप्रसाद सिटौलाले पनि सकारात्मक सन्देश दिनुभएको छ । प्रदेश–१ को अधिवेशनमा पनि सहकार्य गर्यौँ । वाग्मती प्रदेशमा पनि सहकार्य गर्यौँ केही जिल्लामा पनि सहकार्य भइरहेको हिसाबले केन्द्रीयस्तरमा पनि उहाँहरूसँग सहकार्य हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।”
बैठकमा देउवालाई सभापतिमा विजयी गराउने सम्बन्धमा छलफल भइरहेको उनले जानकारी दिए । “वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिमा उमेदवारी पहिल्यै सार्वजनिक गरिसक्नुभएको छ । त्यो उमेदवारीलाई कसरी मजबुत बनाउने र विजयी हासिल गर्ने भनेर आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल भइरहेको छ,” उनले भने ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...