ताजा समाचार

३ सय मत गन्दा गगन पहिलो नम्बरमा, दोस्रोका लागि दुई जनाबीच तीव्र प्रतिस्पर्धा

काठमाडाैँ । नेपाली कांग्रेसको महामन्त्रीका लागि ३ सय मत गन्दा गगन थापा पहिलो नम्बरमा छन्।

उनले २०० मत पाएका छन्।

दोस्रो नम्बरमा भने दुई जनाबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ। प्रदीप पौडेलले ११० मत पाएका छन् भने विश्वप्रकाश शर्मा १०४ मत पाएका छन्।

अर्का उम्मेदवार प्रकाशशरण महतले ९१ मत ल्याएका छन्। मीनेन्द्र रिजालले ५५ मत पाएका छन्।

महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् भने मीनेन्द्र र गगन शेखर कोइराला प्यानलबाट उठेका हुन्।  विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org