ताजा समाचार

चन्द्रागिरी हिल्स रिसोर्टले ल्यायो गज्जवको ‘न्यु इएर ईभ’ प्याकेज

काठमाडाैँ । चन्द्रागिरी हिल्स प्रालीले नयाँ वर्षका लागि विशेष अफर ल्याएर आएको छ ।

‘ कम्स,सेलिब्रेट्स एण्ड मेक ओर्स स्टे मेमोरेवल’ नारा दिएर नयाँ वर्षलाई विशेष बनाउने भन्दै चन्द्रागिरी रिसोर्टले प्याकेज सार्वजनिक गरेको छ ।

एकल र जोडीमा प्याकेज सार्वजनिक गरेको रिसोर्टले २० हजारदेखी  शुल्क तोकेको छ । काठमाडाैं उपत्यकाको दृश्यसँगै पहिलो घामको झुल्को हेर्न विशेष हुने भन्दै यस्तो योजना सार्वजनिक गरेको चन्द्रागिरी हिल्स प्रालीका महाप्रबन्धक अभिषेक विक्रम शाहले जनाए ।

न्युज नेपालसँग कुराकानी गर्दै शाहले भने, हामीले आमको नयाँ वर्ष साँच्चिकै नयाँ होस भन्ने चाहेका छाैं । यसैलाई मध्यनजर गरेर सस्तो शुल्कमा गुणस्तरिय र आकर्षक सेवा दिने प्रयासमा लागेका छाैं ।

शाहले थप्दै भने: प्याकेजमा चन्द्रागिरी केबुलकार चढ्नेदेखि अनलिमिटेड ड्रिन्क्सको व्यवस्था गरेका छाैं ।  बिहानको ब्रेकफास्टदेखि सम्पूर्ण सुविधासहित प्याकेज ल्याइका छाैं । नयाँ वर्षलाई चन्द्रागिरी हिल्स् रिसोर्टले अझ नयाँ बनाउनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org