संसदको अवरोध हटाउन सत्ता पक्षले पहल गर्नुपर्छ : महासचिव पोखरेल
‘सभामुखले राजीनामा दिएर नयाँ प्रक्रिया अगाडि बढाउनु पर्यो नभए संसद चल्न सक्दैन’
काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल महाधिवेशनबाट पुस्तान्तरणमा एमाले पहिलो भएको र अरु पार्टीले त्यसको फलो गरेको दावी गरेका छन्। ४५ प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यमा रहेको उनले बताए।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपाको निरन्तरतामा रहेका र माधव नेपालसँग असहमति राखेका साथीहरुसँग विभेद नराखिएको उनले बताए। सबैलाई एकै प्रकारको कामको जिम्मेवारी दिन नसकिने उनको भनाई छ। पार्टीका तर्फबाट कारबाही गरिएका सांसदहरुलाई सभामुखले सूचना टाँस गरेकोले त्यसमा असहमति रहेको उनले बताए। उनीहरुको
विषयमा टुंगो नलागेसम्म संसद चल्न नसक्ने पोखरेलले बताए। ‘कि सभामुखले राजीनामा दिए नयाँ प्रक्रिया अगाडि बढाउनु पर्यो नभए संसद चल्न सक्दैन’, उनले भने, ‘कारबाही गरिएका सांसदहरुको विषयमा सर्वोच्चमा मुद्दा दायर पनि गरेका छौं। त्यसको फैसला आएको छैन। संसदको अवरोध हटाउनका लागि सत्ता पक्षले पहल गर्नुपर्छ। त्यसपछि संसदका विजनेसभित्र प्रवेश गर्छौं।‘ एमसिसीको विषयमा त्यसपछि मात्र प्रदेश गर्ने उनले बताए। एमसिसीको विषयमा सरकारले के गर्छ भन्नेबारे नै टुंगो नलागेको उनको भनाई छ।
मत मिल्नेहरुसँग राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गरिने उनले बताए। ‘हामीलाई दिएको जनादेशलाई माधव नेपालबाट खण्डित गरिएको छ। यो निर्वाचन जनादेशको प्रतिविम्ब होइन त्यसकारण हामी त्यति धेरै चिन्ता गर्दैनौं’, उनले भने, ‘हामी आम निर्वाचनतर्फ केन्द्री छौं।’ उनले गठबन्धनको दिशा दक्षिणपन्थ र प्रतिक्रान्तितर्फ रहेको बताउँदै त्यसले परिवर्तनलाई उल्ट्याउने दाबी गरे।
एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लगाएको आरोपबारे सोधिएको प्रश्नमा उनले त्यो सत्य भएको दावी गरे। ‘माघ १९ पछि माओवादीले सार्वजनिक गरेको विज्ञप्तिले नै त्यसको प्रष्ट पार्छ। बाबुराम र प्रचण्डको अन्तरकलहको समयमा पनि यी विषय आएका छन्। यो गलत कुरा होइन सत्य हो। तपाईहरुले बाहिर ल्याइदिनुस्।‘ ओलीले प्रचण्डको राजासँग साँठगाँठ रहेको आरोप लगाएका थिए।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...