ताजा समाचार

संसदको अवरोध हटाउन सत्ता पक्षले पहल गर्नुपर्छ : महासचिव पोखरेल

‘सभामुखले राजीनामा दिएर नयाँ प्रक्रिया अगाडि बढाउनु पर्यो नभए संसद चल्न सक्दैन’

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल महाधिवेशनबाट पुस्तान्तरणमा एमाले पहिलो भएको र अरु पार्टीले त्यसको फलो गरेको दावी गरेका छन्।  ४५ प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यमा रहेको उनले बताए।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपाको निरन्तरतामा रहेका र माधव नेपालसँग असहमति राखेका साथीहरुसँग विभेद नराखिएको उनले बताए।  सबैलाई एकै प्रकारको कामको जिम्मेवारी दिन नसकिने उनको भनाई छ। पार्टीका तर्फबाट कारबाही गरिएका सांसदहरुलाई सभामुखले सूचना टाँस गरेकोले त्यसमा असहमति रहेको उनले बताए। उनीहरुको

विषयमा टुंगो नलागेसम्म संसद चल्न नसक्ने पोखरेलले बताए। ‘कि सभामुखले राजीनामा दिए नयाँ प्रक्रिया अगाडि बढाउनु पर्यो नभए संसद चल्न सक्दैन’, उनले भने, ‘कारबाही गरिएका सांसदहरुको विषयमा सर्वोच्चमा मुद्दा दायर पनि गरेका छौं। त्यसको फैसला आएको छैन। संसदको अवरोध हटाउनका लागि सत्ता पक्षले पहल गर्नुपर्छ। त्यसपछि संसदका विजनेसभित्र प्रवेश गर्छौं।‘ एमसिसीको विषयमा त्यसपछि मात्र प्रदेश गर्ने उनले बताए। एमसिसीको विषयमा सरकारले के गर्छ भन्नेबारे नै टुंगो नलागेको उनको भनाई छ।

मत मिल्नेहरुसँग राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गरिने उनले बताए। ‘हामीलाई दिएको जनादेशलाई माधव नेपालबाट खण्डित गरिएको छ। यो  निर्वाचन जनादेशको प्रतिविम्ब होइन त्यसकारण हामी त्यति धेरै चिन्ता गर्दैनौं’, उनले भने, ‘हामी आम निर्वाचनतर्फ केन्द्री छौं।’ उनले गठबन्धनको दिशा दक्षिणपन्थ र प्रतिक्रान्तितर्फ रहेको बताउँदै त्यसले परिवर्तनलाई उल्ट्याउने दाबी गरे।

एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लगाएको आरोपबारे सोधिएको प्रश्नमा उनले त्यो सत्य भएको दावी गरे। ‘माघ १९ पछि माओवादीले सार्वजनिक गरेको विज्ञप्तिले नै त्यसको प्रष्ट पार्छ। बाबुराम र प्रचण्डको अन्तरकलहको समयमा पनि यी विषय आएका छन्। यो गलत कुरा होइन सत्य हो। तपाईहरुले बाहिर ल्याइदिनुस्।‘ ओलीले प्रचण्डको राजासँग साँठगाँठ रहेको आरोप लगाएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org