उत्तर कोरियामा ११ दिनसम्म हाँस्न र किनमेल गर्न रोक !
एजेन्सि । उत्तर कोरियाका पूर्वनेता तथा किम जोङ उनका पिता किम जोङ इलको १०औं पुण्यतिथिमा ११ दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।
शुक्रबार उत्तर कोरियाले शोक मनाउने घोषणा गर्दै आफ्ना नागरिकलाई ११ दिन हाँस्न, मदिरा सेवन गर्न र किनमेल गर्न प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार किम जोङ इलको सम्मानमा पूरा देश उनलाई शान्त श्रद्धाञ्जली दिनेछ । यस अवधिमा गाडी र रेललाई हर्न बजाउन पनि प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै यो ११ दिनको बीचमा कुनै पनि घरमा कसैको मृत्यु भएमा रुन पनि अनुमति छैन । त्यस्तै शोक अवधि सकिएपछि अर्थात ११ दिनपछि मात्र घरबाट शव निकाल्न निर्देशन दिइएको पनि बताइएको छ । त्यस्तै यही अवधिमा कसैको जन्मदिन परेमा पनि मनाउन पाइने छैन ।
डिसेम्बर १७ तारिख दिउँसो पूरै देशमा एकसाथ साइरन बजाइनेछ र सम्पूर्ण नागरिक कुमसुसान प्यालेसतर्फ फर्किएर तीन मिनेट नेता किमलाई श्रद्धाञ्जली दिनेछन् ।
किम जोङ इलको मृत्यु सन् २०११ डिसेम्बर १७ मा भएको थियो । दुई दिनसम्म उनको मृत्युका बारेमा कुनै जानकारी सार्वजनिक गरिएको थिएन । दुई दिनपछि सरकारी सञ्चारमाध्यममार्फत उनको मृत्यु भएको घोषणा गरिएको थियो । किम जोङ इल उत्तर कोरियामा शासन गर्ने किम वंशका दोस्रो व्यक्ति हुन् । उनले उत्तर कोरियामा १७ वर्ष शासन गरेका थिए ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...