‘जरुरी पर्दा आफनै टाउकोमा आगो लगाएर हिंडन हामी तयार छौं’: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताएका छन् ।
कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै प्रचण्डले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन ।’
प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले भनेका छन्, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’
माओवादीले अहिलेसम्म छलाङ हान्दै आएको र आवश्यक पर्दा आफनै टाउकोमा आगो लगाएर हिंडन हामी तयार रहेको उनले बताए । कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्ने गरेको भन्दै उनले भने, ‘२०४५ सालमा सानो समूहबाट शुरु गरेर २०५२ सालमा जनयुद्ध शुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ?’
अहिले पनि एउटा छलाङ हान्न खोजेको भन्दै उनले भने, ‘जरुरी पर्दा आफनै टाउकोमा आगो लगाएर हिंडन हामी तयार छौं ।’
Comments
अरु समाचार
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।सभामुख देवराज घिमिरेले कांग्रेससँग...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...
-
प्रतिनिधिसभा बैठकः गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित...