ताजा समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागका हुन् ।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरिसकेको छ । यसअघि एमालेले विश्वासको मत दिने नदिने अनिर्णीत बनेका कारणले विश्वासको मत लिने सोडारीको दुई पटकको प्रयास धकेलिएको थियो ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टर्कीा सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ) पक्षधर दुई प्रदेशसभा सदस्य र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानीक व्यवस्था रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org