ताजा समाचार

‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको जग्गा बेचेर कमिसन खाएको आरोप लगाएका छन् । सरकारमा रहँदा टी-स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप काँग्रेसले लगाइरहेका बेला ओलीले सो आरोप लगाएका हुन् । बुधबार पार्टी संसदीय दलको बैठकमा एमालेअध्यक्ष ओली खरोरुपमा उत्रिए । उनले कांग्रेसले काँग्रेसले गिरीबन्धु टी-स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाए ।

कांग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ बिगाहा र ५१ बिगाहा टी-स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको ओलीको आरोप छ । उनले कांग्रेसको यस क्रियाकलापको छानबिन गर्नुपर्ने माग गरेका छन् ।

कांग्रेसले गरेका बदमासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको ओलीले चेतावनी दिएका छन् । उनले भने, ‘म भन्न चाहन्छु-५१ बिगाहा र १९ बिगाहा गरेर ७० बिगाहा जमिन त्यही गिरीबन्धु टी-स्टेटको कमिसन खाएको बेच्न दिएको कुरामा छानबिन हुनुपर्छ। अब नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन। कांग्रेसले गरेका बदमासीको बारेमा हामी कुरा उठाउँछौँ। हामीले सुनिरहनुपर्ने, काँग्रेस कराइरहनुपर्ने हुन्छ? अब कांग्रेसका बकवास सुनिरहन हामी तयार छैनौँ। यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्नु हुँदैन।’

अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि काँग्रेसलाई चेतावनी दिएका छन् । यस्तै उनले तत्काल संसद् बैठक सुचारु गराउन पनि दबाब दिएका छन् । काँग्रेसले गरिमामय संसद् र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद् अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org