‘बाँके जिल्लाको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ दिन अध्यक्षमा मेरो उमेद्वारी’: युवा नेता बिसी
काठमाडाैँ । नेकपा एमालेका युवा नेता डिल्ली बिसीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी पार्टी निर्माणका लागि भएको बताएका छन्।
एमाले बाँकेको आसन्न आठौं अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका बिसीले उम्मेदवारी बारे प्रतिक्रिया दिँदै भने, ‘अध्यक्ष पदको मेरो उम्मेदवारी अन्य कुनै पदको बार्गेनिङका लागि होइन। पार्टी निर्माणका लागि मैले यही पुस २३ गते हुने आठौं जिल्ला अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु।’
अग्रज र समक्षीको साथ र सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको भन्दै अध्यक्षका उम्मेदवारी युवा नेता बिसीले पार्टीलाई सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताए। पछिल्लो समय पार्टीमा बैचारिक नेतृत्वको खडेरी परेको भन्दै कार्यकर्ता पंतिले आफूलाई पार्टी नेतृत्वका लागि अगाडि सारेको उनले बताए। कार्यकर्ताहरुको मनोभावना अनुसार आफूले उम्मेदवारी घोषणा नेता बिसीको भनाई छ।
‘पार्टीमा बैचारिक नेतृत्वको खडेरी पर्यो, जिल्ला नेतृत्वमा तपाईँ अगाडि सर्नुहोस् भनेर बारम्बार कार्यकर्ता पंतिले आग्रह गरेपछि उहाँहरुको मनोभावना अनुसार मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ। कार्यकर्ताहरुबाट राम्रो प्रतिक्रिया आइरहेका छन्’, अध्यक्षका उम्मेदवार बिसीले भने, ‘अग्रज र अनुजको सहयोग र हौसलाबाट म जिल्ला नेतृत्वमा पुग्ने हो। त्यसैले मेरो उम्मेदवारीका पछाडि अग्रज नेताहरुको हात र साथ रहेको छ भने समकालिन र पछिल्लो पुस्ताका नेता कार्यकर्ताहरुको मतले नै म जिल्ला नेतृत्वमा पुग्ने हुँदा मरो उम्मेदवारीमा अग्रज र अनुजहरु दुवैको साथ र सहयोग रहेको छ।’
बाँकेको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन वैचारिक र सफल नेतृत्व आजको आवश्यकता भएको भन्दै उनले आफूले पार्टी नेतृत्वमा दावी गरेको बताए। ‘बाँकेको कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउन मैले आसन्न आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको छु’, उनले भने, ‘जहिले पनि पार्टी हीतमा सोचियो। कुनै अवसर र नियुक्तिको पछाडि दौडिएन। पार्टी निर्माणका लागि हिजोदेखि आजसम्म कटिबद्ध भएर लागियो। पार्टी अध्यक्ष केपी ओलीको बिचार र राष्टिय संकल्पलाई साकार बनाउन मेरो उम्मेदवारी रहेकाले यही आउँदो पुस २३ गते हुने आठौं अधिवेशनमार्फत् पार्टी नेतृत्व गर्ने गरी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु। हर तरहले मलाई सहयोग गरिदिनुहोला।’
Comments
अरु समाचार
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
उत्तराखण्ड सरकारले खारेज गर्यो पतञ्जलिका यी १४ उत्पादनको लाइसेन्स
एजेन्सि। भारतको उत्तराखण्ड सरकारले यही अप्रिल १५मा एक आदेश जारी गरेर पतन्जलीका १४ उत्पादनका लाइसेन्स रद्द गरेको सर्वोच्च अदालतलाई जानकारी...