ताजा समाचार

खेलाडीको सम्मानमा नेपाल-मरिसस विजनेस काउन्सिलद्वारा रात्रीभोजको आयोजना

नेपाल-मरिसस मैत्रीपुर्ण खेल विभिन्न आयामबाट ऐतिहासिक रह्योः अवैतनिक राजदुत कार्की

काठमाडाैँ ।  नेपाल-मरिसस विजनेस काउन्सिलले मरिससको राष्ट्रिय फुटबल टोलीको सम्मान स्वरुप रात्रीभोजको आयोजना गरेको छ ।

नेपाल – मरिसस मैत्रीपुर्ण खेल खेल्न नेपालमा रहेको राष्ट्रिय फुटबल टोलीको सम्मान स्वरुप नेपाल-मरिसस विजनेस काउन्सिलले आयोजना गरेको हो ।

मरिससका लागी अबैतनिक वाणिज्य राजदुत गणेश कार्कीको आथ्यित्यतामा वेलनेस अर्गानिक क्लव रेन्टुरेन्ट उत्तरढोका लैनचाैरमा साँझ ५ बजे आयोजना गरिएको छ ।

राजदुत कार्कीले न्युज नेपालसंग कुरा गर्दै भनेः यो मैत्रीपुर्ण खेल विभिन्न आयामबाट ऐतिहासिक रह्यो । नेपालले अफ्रिकी मुलुकसंग त्यो पनि आफ्नै होमग्राउन्डमा मैत्री पुर्ण खेल खेल्ने अवसर प्राप्त गर्यो यो नेपालको खेलकुद विकासका लागी पनि महत्वपर्ण छ ।

साथै नेपालको पर्यटन पवर्द्धनको लागी समेत यो महत्वपुर्ण छ । यसले नेपाल र मरिससबिच जनस्तरमा समेत अझ बलियो सम्वन्ध गर्न मद्दत पुग्यो ।

मैत्रीपुर्ण खेलका लागी नेपालमा रहेको मरिससको राष्ट्रिय टोलीको सम्मान स्वरुप आज रात्री भोजो आयोजना गरेका छाैँ राजदुत कार्कीले भने ।

नेपालसँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली माघ १० मा नेपाल आइपुगेको  थियो । नेपाल र मरिससबीच माघ १५ र १८ गते दशरथ रंगशालामा खेल भएका थिए  ।

नेपालले दुबै मैत्रीपूर्ण खेलमा जित निकाल्न सफल भयो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org