एमालेको आशालाग्दो यात्रा रोक्न पाँच दलीय गठबन्धन : महासचिव पोखरेल
काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको बढ्दो शक्ति र लोकप्रियता रोक्न पाँच दलको गठबन्धन बनेको आरोप लगाएका छन्।
बुधबार बिहान वक्तव्य जारी गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँचदलीय गठबन्धन।’
अब हुने तीन तहको चुनावबाट गठबनधनका दल हार्ने र आफ्नो पार्टीले जित्ने दाबी पनि उनले गरेका छन्।
‘अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउँ नयाँ जनादेशले लिने छ’, पोखरेलले भनेका छन्, ‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन्। एजेन्डाविहीन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो।’
अब विगतमा पार्टीले गरेका राम्रा काम र गर्न चाहेका कामको फेरिस्त बोकेर जनताका बीचमा जान उनले आफ्नो पार्टी पंक्तिलाई आह्वान पनि गरेका छन्।
‘जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ’, उनले दाबी गरेका छन्।
तत्कालीन प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेयता नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन बनेको छ।
यी पाँच दल आगामी स्थानीय तह तथा संघीय चुनावसम्मै गठबन्धनमा रहने भने पनि एमसीसीको विवादले उनीहरूको कार्यगत एकता धरापमा परेको छ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...