ताजा समाचार

एमसीसीविरुद्ध सडक र सदन चर्काउँदै माओवादी

काठमाडौँ- अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी)विरुद्ध नेकपा माओवादी केन्द्रले सदन र सडकबाट विरोध गर्ने भएको छ ।

आज दिउँसो १ बजे बस्‍ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल भए माओवादीले विरोध गर्ने रणनीति लिएको छ । यथास्थितिमा एमसीसी टेबल भए संसद्‌मा विरोध गर्ने सांसदसमेत रहेका माओवादीका ति नेताले बताए ।

एमसीसीबारे माओवादीको अडान कायम नै रहेको माओवादीका प्रमुख सचेतक देव गुरुङले बताए । ‘हामी यथास्थितिमा एमसीसी गर्न हुँदैन भन्‍ने पक्षमा छौँ’ गुरुङले भने ।

माओवादीले सबै जनवर्गीय संगठनहरूलाई एमसीसीको विरोधमा सडक उत्रिन निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज माओवादीका जनवर्गीय संगठनहरूले संसद्‌ भवन घेराउ गर्दैछन् ।

एमसीसीविरुद्ध योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल) र अनेरास्ववियू (क्रान्तिकारी)ले संसद्‌ भवन घेराउ कार्यक्रम गर्दैछ । यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाती कदमविरुद्ध संसद्‌ भवन घेराउ गर्न लागेको वाइसीएल र अनेरास्ववियू क्रान्तिकारीको व्यानरमा लेखिएको छ । अमेरिकाले माघ १६ गतेसम्‍म एमसीसीबारे निर्णय दिन अल्टिमेटम दिएको छ । नेपालका शीर्ष नेताहरूलाई एमसीसी पास गर्न पनि अमेरिकाले चेतावनी दिइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org