एमसीसीविरुद्ध सडक र सदन चर्काउँदै माओवादी
काठमाडौँ- अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी)विरुद्ध नेकपा माओवादी केन्द्रले सदन र सडकबाट विरोध गर्ने भएको छ ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल भए माओवादीले विरोध गर्ने रणनीति लिएको छ । यथास्थितिमा एमसीसी टेबल भए संसद्मा विरोध गर्ने सांसदसमेत रहेका माओवादीका ति नेताले बताए ।
एमसीसीबारे माओवादीको अडान कायम नै रहेको माओवादीका प्रमुख सचेतक देव गुरुङले बताए । ‘हामी यथास्थितिमा एमसीसी गर्न हुँदैन भन्ने पक्षमा छौँ’ गुरुङले भने ।
माओवादीले सबै जनवर्गीय संगठनहरूलाई एमसीसीको विरोधमा सडक उत्रिन निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज माओवादीका जनवर्गीय संगठनहरूले संसद् भवन घेराउ गर्दैछन् ।
एमसीसीविरुद्ध योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल) र अनेरास्ववियू (क्रान्तिकारी)ले संसद् भवन घेराउ कार्यक्रम गर्दैछ । यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाती कदमविरुद्ध संसद् भवन घेराउ गर्न लागेको वाइसीएल र अनेरास्ववियू क्रान्तिकारीको व्यानरमा लेखिएको छ । अमेरिकाले माघ १६ गतेसम्म एमसीसीबारे निर्णय दिन अल्टिमेटम दिएको छ । नेपालका शीर्ष नेताहरूलाई एमसीसी पास गर्न पनि अमेरिकाले चेतावनी दिइरहेको छ ।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...