उत्कृष्ट बलिङसँगै ओमानमाथि नेपालको शानदार जित
काठमाडौं । उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा आयोजक ओमानलाई ३९ रनले हराएको छ ।
मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा घरेलु टोलीका कप्तान जीशन मक्सूदले टस जितेर बलिङ गर्ने निर्णय गरे । त्यसपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको हो । ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा ७८ रन बनाउँदा सबै विकेट गुमाएको थियाो ।
नेपालले सन्दीप लामिछानको कप्तानीमा आधिकारिक प्रतियोगितामा जितेको यो पहिलो खेल हो । त्यस्तै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले दोस्रो पटक नेपाल आएर आधिकारिक प्रतियोगितामा जितेको यो पहिलो खेल हो ।
नेपालका बलरले कसिलो बलिङ गरेपछि ११८ रनको लक्ष्य पछ्याएको ओमानका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । ओमानका नसीम खुशीले २४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । खुशीले १८ बलमा एक चौका र दुइ छक्का प्रहार गरे ।
पावर प्लेमा ओमानले २५ रन जोड्दा तीन विकेट गुमाएको थियो । ओमानका कश्यप प्रजापतीले पहिलो ओभरको तेस्रो बलमा शून्यमै पवेलियन फर्किएका थिए । प्रजापतीलाई कमलसिंह ऐरीले दीपेन्द्रसिंह ऐरीमार्फत क्याच गरेका हुन् । आयान खान दोस्रो ओभरको पाँचौँ बलमा तीन रन बनाएर आउट भए । उनलाई जितेन्द्र मुखियाले विकेटकिपर आसिफ शेखमार्फत क्याच गरे ।
छैटौँ ओभरको तेस्रो बलमा जतिन्दर सिंह ९ रन बनाएर आउट भए । जतिन्दर सिंहलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए । ६.४ ओभरमा खवार खली सन्दीप लामिछानेको बलमा बोल्ड भए । ओमानका कप्तान मक्सूदलाई दीपेन्द्रसिंहले ७.५ ओभरमा कुशल भुर्तेलमार्फत क्याच गरे । लत्तगै अर्को ओभरमा अभिनाष बोहराले शोएब खानलाई विकेटकिपर आसिफमार्फत क्याच गरे ।
नेपालका कप्तान सन्दीपले २४ रन बनाएका खुशीलाई बोल्ड गरे । खुशी ओमानका लागि सबभन्दा धेरै रन बनाउने खेलाडी हुन् । कमलसिंहले १६.३ ओभमा कालीमुल्लाहलाई कुशलमार्फत क्याच गरे । कमलसिंहले १७औं ओभरको अन्तिम बलमा विलाल खानलाई बोल्ड गरे ।
कमलसिंहले तीन ओभरमा १५ रन दिएर तीन विकेट लिए । सन्दीप र दीपेन्द्रसिंहले समान दुई विकेट लिए । जितेन्द्र र अभिनाषले एक एक विकेट लिए ।
त्यसअघि खवार अलीले तीन तथा विलाल खानले दुई विकेट लिएपछि नेपालका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । नेपालका आरिफ शेखले ३७ बलमा दुई चौकासहित ३८ रन बनाए । सन्दीपले ७ बलमा एक चौका र एक छक्कसहित अविजित १६ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।
नेपालले पहिलो तीन ओभरमै दुई विकेट गुमाएको थियो । पहिलो ओभरको अन्तिम बलमा ओपनर आसिफ शेख ४ रन बनाएर पवेलियन फर्किए । आसिफ विलाल खानको बलमा खवार अलीमार्फत क्याच भएका थिए । तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रन बनाएर आउट भए । कुशल पनि विलाल खानकै बलमा अलीमार्फत क्याच भएका थिए ।
त्यसपछि ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंहले ऐरीले तेस्रो विकेटका लागि २१ रनको साझेदारी गरे । ६.५ ओभरमा टिमका सबैभन्दा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल पनि १५ रन बनाए पवेलियन फर्किए । ज्ञानेन्द्र फायद बटको बलमा बोल्ड भएका थिए ।
लगत्तै दीपेन्द्रसिंह पनि ११ रन बनाएर आउट भए । ८.३ ओभरमा दीपेन्द्रसिंह जीशन मक्सूदको बलमा विकेटकिपर नासीम खुशीमार्फत क्याच भए । दीपेन्द्र आउट नेपाल ४०-४ को स्थितिमा थियो ।
त्यसपछि आरिफ शेख र लोकेश बमले पाँचौँ विकेटका लागि २७ रनको साझेदारी गरे । लोकेश बम १७ बलमा १६ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङमा आएका विवेक यादवले पनि लामो इनिङ्स खेल्न सकेनन् । विवेक ७ रन बनाए पवेलियन फर्किए । लगत्तै कमलसिंह ऐरी पनि एक विकेट लिए ।
ओमानका अलीले तीन विकेट लिकेट लिँदा खानले दुई विकेट लिए । बट र मक्सूदले एक एक विकेट लिएका थिए ।
Comments
अरु समाचार
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
कमजोर ब्याटिङका कारण पहिलोपटक ओडीआईमा क्यानडासँग नेपालको हार
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ ।...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा इंग्ल्यान्डलाई ३ विकेटको जित
इंग्ल्यान्ड । लियाम लिभिङस्टोनले आफ्नो ५० औं टी-२० अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउँदै ब्याटिङ गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा ३...
-
सामाजिक सञ्जालमा रोनाल्डोको इतिहास, एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
काठमाडौं । स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जालको प्लेट फर्ममा एक अर्ब फलोअर्स प्राप्त गर्ने पहिलाे व्यक्ति बनेका छन् ।...
-
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई...