एमसीसी सदनमा टेबल गर्न माओवादी तयार, पक्षमा भाेट नदिने
काठमाडाैँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पनि अमेरिकी सहायता परियाेजना एमसीसी अनुमाेदनका लागि प्रतिनिधिसभामा पेस हुन दिनेमा सहमति प्रकट गरेकाे छ । यद्पि एमसीसीलाई सदनमा टेबल गर्ने कुरा सभामुखमा भर पर्ने उसले बताएकाे छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सदनमा पेस हुन दिने कुरामा सहमति जनाए पनि आफूहरूले एमसीसीकाे पक्षमा मतदान नगर्ने बताए ।
उनले भने, ‘एक नम्बर कुरा हामी एमसीसीकाे पक्षमा भाेट हाल्दैनाैँ । जहाँसम्म सदनमा पेस गर्ने कुरा छ त्याे सभामुखज्यूले निर्णय गरेमा हामीले नमान्ने कुरा हुँदैन ।’ उनले संसदीय व्यवस्थामा सरकारले ल्याएका विधेयकहरू सभामुखले सदनमा लैजानबाट राेक्न नमिल्ने बताए । उनले एमसीसी पेस हुनका लागि सबैभन्दा पहिले सदनकाे अवराेध खुल्नुपर्ने कुरा आफूहरूले राखेकाे बताए ।
शिलापत्रसँग उनले भने, ‘सदनमा विपक्षले अवराेध गरिरहेका बेला एमसीसी पेस गर्ने कि नगर्ने भन्ने कुरा हामीले राखेकाे हाे । अब सभामुखले हुन्छ अघि बढाैँ भन्ने निर्णय लिनुभयाे भने त्याे उहाँकाे कुराे हाे । हामीले त राय दिने न हाे ।’
यसअघि संसदीय दलकाे बैठकबाट एमसीसी सदनमा टेबल भए सरकार छाड्ने निर्णय माओवादी केन्द्रले गरेकाे थियाे । आज दिउँसाे १ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । त्यसअघि साढे ११ बजे सभामुख अग्नि सापकाेटाले ससदकाे कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएका छन् । त्यसअघि एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनकाे बैठक बस्दैछ । संसद सचिवालयले शनिबार सार्वजनिक गरेकाे संसद बैठककाे सम्भावित कार्यसूचीमा भने एमसीसी परेकाे छैन ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...