ताजा समाचार

एमसीसी सदनमा टेबल गर्न माओवादी तयार, पक्षमा भाेट नदिने

काठमाडाैँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पनि अमेरिकी सहायता परियाेजना एमसीसी अनुमाेदनका लागि प्रतिनिधिसभामा पेस हुन दिनेमा सहमति प्रकट गरेकाे छ । यद्पि एमसीसीलाई सदनमा टेबल गर्ने कुरा सभामुखमा भर पर्ने उसले बताएकाे छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सदनमा पेस हुन दिने कुरामा सहमति जनाए पनि आफूहरूले एमसीसीकाे पक्षमा मतदान नगर्ने बताए ।

उनले भने, ‘एक नम्बर कुरा हामी एमसीसीकाे पक्षमा भाेट हाल्दैनाैँ । जहाँसम्म सदनमा पेस गर्ने कुरा छ त्याे सभामुखज्यूले निर्णय गरेमा हामीले नमान्ने कुरा हुँदैन ।’ उनले स‌ंसदीय व्यवस्थामा सरकारले ल्याएका विधेयकहरू सभामुखले सदनमा लैजानबाट राेक्न नमिल्ने बताए । उनले एमसीसी पेस हुनका लागि सबैभन्दा पहिले सदनकाे अवराेध खुल्नुपर्ने कुरा आफूहरूले राखेकाे बताए ।

शिलापत्रसँग उनले भने, ‘सदनमा विपक्षले अवराेध गरिरहेका बेला एमसीसी पेस गर्ने कि नगर्ने भन्ने कुरा हामीले राखेकाे हाे । अब सभामुखले हुन्छ अघि बढाैँ भन्ने निर्णय लिनुभयाे भने त्याे उहाँकाे कुराे हाे । हामीले त राय दिने न हाे ।’

यसअघि संसदीय दलकाे बैठकबाट एमसीसी सदनमा टेबल भए सरकार छाड्ने निर्णय माओवादी केन्द्रले गरेकाे थियाे । आज दिउँसाे १ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । त्यसअघि साढे ११ बजे सभामुख अग्नि सापकाेटाले स‌सदकाे कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएका छन् । त्यसअघि एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनकाे बैठक बस्दैछ । संसद सचिवालयले शनिबार सार्वजनिक गरेकाे संसद बैठककाे सम्भावित कार्यसूचीमा भने एमसीसी परेकाे छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org