प्रधानमन्त्री देउवालाई अमेरिकी बिदेशमन्त्रीको टेलिफोन, एमसिसी र युक्रेनबारे छलफल
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिङ्केनले नेपाली समय अनुसार मंगलबार राती टेलिफोन गरेका छन् ।
नेपालको संसदले सोमबार मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गरेकोमा खुशी व्यक्त गर्दै ब्लिङ्केनले युक्रेनमा भएको रुसी आक्रमण र कोभिड १९ पछि अर्थतन्त्र पुनरुत्थानकका बिषयमा पनि छलफल गरेका छन् । एमसिसी पारित भएको भोलिपल्ट मंगलवार उनीहरुबीच टेलिफोन कुराकानी भएका हो ।
‘बिदेशमन्त्री ब्लिङ्केनले संयुक्त राज्य अमेरिका र नेपालको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको उल्लेख गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सँग नेपालले अघि बढ्ने निर्णयले विद्युत् प्रसारण र सडक आयोजनामार्फत् नेपाली जनताको रोजगारी, पूर्वाधार र जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो’ अमेरिकी बिदेश मन्त्रालयद्धारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ ।
बिदेशमन्त्री ब्लिङ्केन एमसिसी बोर्डका अध्यक्ष हुन् । नेपाल र अमेरिकाबीच कोभिड–१९ महामारीबाट अर्थतन्त्रको पुनरुत्थान प्रयासलाई बलियो बनाउन र जलवायु संकटलाई सम्बोधन गर्ने दिशामा सहकार्यमा पनि जोड दिएका छन्।
बिदेशमन्त्री ब्लिङ्केनले युक्रेनमा रूसको ‘अव्यावहारिक, अनुचित र पूर्वनियोजित आक्रमण’ भएको भन्दै राष्ट्रहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता सम्बन्धी संयुक्त राष्ट्रसंघीय बडापत्रका सिद्धान्तहरूको सम्मान हुनुपर्ने विषयमा पनि चर्चा गरेका छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा युक्रेनका पक्षमा आवाज उठाउने मुलकमा नेपाल पनिछ । छिमेकी भारत तटस्थ र अर्को छिमेकी चीन रुसको कित्तामा उभिएका छन् । युक्रेनका मामिलामा नेपाल र अमेरिका एउटै कित्तामा उभिएका छन् ।
नेपालले संयुक्त राष्ट्रसंघीय महासभाको आपतकालिन विशेष शत्रमा पनि युक्रेनमाथि भएको हमलाको निन्दा गर्दै रुस र युक्रेनबीच वार्तामा जोड दिएको छ । राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृत राईले सार्वभौम मुलुकमाथिको हमला वा धम्कीको नेपालले विरोध गर्ने स्पष्ट पारेका छन् ।
Comments
अरु समाचार
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...
-
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ...