ताजा समाचार

अनन्त बने आईएसएल खेल्ने पहिलो नेपाली

काठमाण्डौँ  ।  राष्ट्रिय टिमका सेन्ट्रल डिफेण्डर अनन्त तामाङ इन्डियन सुपर लिग आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

अनन्तले एफसी इष्ट बंगालका लागि बेंगलुरु विरुद्ध पहिलो रोजाईँमा खेल्दै आईएसएलमा डेब्यु गरेका हुन् । यस अघि नेपाली खेलाडीले आईएसएल खेलेका छैनन् । भारतमा आईलिग र आईएसएल गरी दुई शीर्ष डिभिजनका फुटबल हुने गर्छन्।

आईएसएलको सुरुवात २०१३ मा भएको थियो। फ्रेन्चाइज अवधारणामा आधारित प्रतियोगितामा ११ टोलीले सहभागिता छ।

अनन्तले खेल्ने कोलकाताको इस्ट बंगाल टोली भारतीय फुटबलमा पुरानो मध्येको एक क्लब हो । सन् १९२० मै यसको स्थापना भएको थियो। क्लबले २०२० देखि आईएसएल खेल्न लागेको हो। यो क्लब आईएसएलको जारी सिजनमा १६ खेलबाट १० अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ । उहाँ फागुन ११ मा इष्ट बंगालमा अनुबन्ध भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org