ताजा समाचार

सूर्य नेपाल वेस्टर्न ओपन गल्फ बुधबारबाट

काठमाडौं । सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारबाट पोखरामा सुरु हुने भएको छ । पाँचौ संस्करणको प्रतियोगिता पोखराको हिमालयन गल्फ कोर्समा शुक्रबारसम्म संचालन हुने आयोजक नेपाल प्रोफेसनल गल्फ एसोसियसनले जनाएको छ ।

५४ होलको व्यावसायिक गल्फ प्रतियोगितामा ३० व्यावसायिक तथा १५अमेच्योर गल्फरको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रो हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।

शीर्ष २१ भित्रपर्ने अन्य गल्फरले समेत नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org