ताजा समाचार

हर्कबहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय फुलबल प्रतियोगिता सुरु

काठमाडाैँ । दोस्रो हर्क बहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय फुलबल प्रतियोगिता मध्यपुर खेलकुद मैदानमा उद्घाटन भएको छ ।

चक्रवर्ती हबि एजुकेशन एकेडेमी(कलेज अफ ल)द्वारा आयोजित हर्क बहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय फुलबल प्रतियोगिता  चक्रवर्ती हबि एजुकेशन एकेडेमी(कलेज अफ ल)का क्याम्पस प्रमुख देवेन्द्र बहादुर भण्डारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।

प्रतियोगितामा नेपाल रहेका ल कलेजबाट छात्र तर्फ ७ टिम र छात्रा तर्फ ६ टिमले सहभागिता जनाएका छ । जसमा नेपाल ल क्याम्पस ,काठमाडाै स्कुल अफ ल, काठमाडाैँ युनिभर्सिटी स्कुल अफ ल, पृथ्वीनारायण क्याम्पस पोखरा र आयोजक चक्रबर्ती हबि एजुकेसन एकेडेमी ए , बि गरी छात्र तर्फ ७ र छात्रा तर्फ ६ टिम रहेको छ । उद्घाटन खेल आयोजक चक्रबर्ती `ए´ टिम र पृथ्वीनारायण क्याम्पस बि´ बिच खेल चलिरहेको छ । उद्घाटन खेलमा चक्रबर्तीका निश्चल सापकोटाले २६ औँ मिनेटमा, ६९ औँ मिनेटमा सिरिस पाैडेलले र पृथ्वीनारान क्याक्पसका पारस खड्काले आत्मघाती गाोलका साथी चक्रबर्तीले पृथ्वीनारायण क्याम्पसलाई ३-० ले हराएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org