अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान उम्मेदवारलाई प्रहरीको अनुरोध
काठमाडाैं । नेपाल प्रहरीले चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई आग्रह गरेको छ।
आज एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुनको लागि प्रस्ताव आएपछि त्यसको सेवन गरेको र त्यसपश्चात केही बेहोस हुने र केही चक्कर लागेर लड्ने जस्ता घटना घटेको पाइएको भन्दै सचेत लगाएको हो।
निर्वाचन जस्तो संवेदनशीलस समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना भए प्रहरीलाई तत्काल खबर गर्न प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले आग्रह गरेका छन्।
सर्लाहीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित ५ जनालाई चुनाव प्रचारका क्रममा दिइएको खानेकुरामा विष पाइएपछि प्रहरीले यस्तो अनुरोध गरेको हो।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...