बीमाशुल्क संकलनमा निर्जीवन बीमा कम्पनीबीच प्रतिष्पर्धा, शिखरलाई नेकोले उछिन्यो
काठमाडौं । बीमाशुल्क संकलनमा निर्जीवन बीमा कम्पनीहरूबीच प्रतिष्पर्धा देखिएको छ । बजारमा अग्रता कायम राख्दै आएको शिखर इन्स्योरेन्सलाई खुद बीमाशुल्कमा अन्य कम्पनीहरूले टक्कर दिन थालेका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा १८ निर्जीवन बीमा कम्पनीहरूले १० अर्ब ४६ करोड ३० लाख ५६ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।
यस अवधिमा खुद बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्सलाई नेको इन्स्योरेन्सले पछि पारेको छ ।
खुद नाफा कमाउने कम्पनीको शीर्ष स्थानमा परेको शिखर इन्स्योरेन्सलाई खुद बीमाशुल्कमा भने नेकोले उछिनेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेको इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब ३७ करोड ६३ लाख ७७ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
शिखर इन्स्योरेन्सले १ अर्ब १३ करोड १० लाख २३ हजार रूपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको छ ।
तथ्याकंअनुसार कुल बीमाशुल्क संकलनमा भने निर्जीवन बीमा कम्पनीमा शिखर नै पहिलो छ । चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा शिखरले ३ अर्ब ६२ करोड ६५ लाख ७० हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस अवधिमा नेकोले २ अर्ब २४ करोड ११ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीहरूका अनुसार खुद बीमाशुल्क भनेको पुनर्बीमा कमिशन खर्च कटाएर बाँकी भएको रकम हो । भने कुल बीमाशुल्क भनेको सो खर्च कटाउनु अघिको रकम हो ।
सबैभन्दा थोरै खुद बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ । इन्स्योरेन्सले यस अवधिमा १९ करोड १२ लाख ४९ हजार रूपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको छ ।
यस अवधिमा १८ निर्जिवन बीमा कम्पनीहरूमध्ये ३ वटा कम्पनीले मात्रै अर्बभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेका छन् ।
नेको इन्स्योरेन्स, सगरमाथा र सिद्धार्थ इन्स्योरेन्सले अर्ब भन्दा धेरै बराबर खुद बीमाशुल्क संकलन गरेका हुन् ।
यी ३ कम्पनीमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेको छ । नेकोले १ अर्ब ३७ करोड ६३ लाख ७७ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीहरूले संकलन गरेको खुद बीमाशुल्कको १३.१५ प्रतिशत हो ।
यस्तै, शिखरले १ अर्ब १३ करोड १० लाख २३ हजार रूपैयाँ र सगरमाथा इनस्योरेन्सले १ अर्ब ९ करोड ५७ लाख ९० हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।
कम्पनीहरूले संकलन गरेको खुद बीमाशुल्कमा शिखरको हिस्सा १०.८१ प्रतिशत र सगरमाथाको १०.४७ प्रतिशत हुन आउँछ ।
यस अवधिमा ८ वटा कम्पनीले ५० करोड रूपैयाँभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेका छन् ।
आईएमई जनरल, लुम्बिनी जनरल, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र यूनाइटेड इनस्योरेन्सले ५० करोड रूपैयाँ भन्दा बराबरको खुद बीमाशुल्क संकलन गरेका हुन् ।
सिद्धार्थ इन्स्योरेन्सले ८३ करोड ६६ लाख २८ हजार रूपैयाँ, यूनाइटेड इन्स्योरेन्सले ५९ करोड ६४ लाख ८ हजार रूपैयाँ, प्रभु इन्स्योरेन्सले ५१ हजार ४६ लाख २७ हजार रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले ६२ करोड २३ लाख १२ हजार रूपैयाँ, नेपाल इन्स्योरेन्सले ६० करोड १३ लाख ३९ हजार रूपैयाँ, लुम्बिनी जनरलले ५१ करोड ६६ लाख रूपैयाँ, आईएमई जनरल इन्स्योरेन्सले ५२ करोड ७६ लाख ७७ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।
अजोड इन्स्योरेन्सले ३६ करोड ३१ लाख रूपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ४३ करोड ५८ लाख रूपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले २७ करोड ७ लाख रूपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ३५ करोड ७४ लाख रूपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २४ करोड ५३ लाख रूपैयाँ र सानिमा जनरलले २२ करोड २४ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।
यी कम्पनीहरूले चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा ३ अर्ब २५ करोड ७१ लाख ५७ हजार रूपैयाँ खुद नाफा कमाएका छन् ।
Comments
अरु समाचार
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
नेप्से परिसूचक २४.३९ अंकले बढ्यो
काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर...
-
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार...
-
संघीय संसदको बजेट अधिवेशन आजदेखि, शीर्ष नेताले सम्बोधन गर्दै
काठमाडाैँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३...
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...