ताजा समाचार

फर्पिङको जङ्गलमा दुई जना मृत फेला

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेकने न्युज नेपाल लाइ‌‌‌‍‌‌ जानकारी दिए । उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२÷२३ वर्षको भएको बताए ।

मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताए । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org