ताजा समाचार

प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत

काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानको संसदीय सुनुवाई समेत सकिएको अवस्थामा उनीमाथि लागेको आरोप र उच्च नैतिक चरित्र नदेखिएको भन्दै सत्तारुढ दलले उनलाई अस्वीकृत गर्ने सन्देश दिएपछि प्रधान आफैले लिखित निवेदन दिदै नाम फिर्ता लिने बताएका थिए ।

नाम फिर्ता लिन भन्दै दिएको निवेदनमा प्रधानले आफूमाथि नियुजित दुष्प्रचार भएको दाबी समेत गरेका छन् । प्रधानले आफूविरुद्ध षडयन्त्र भएको भन्दै उक्त पदमा बस्न नचाहेको बताएका छन् ।

संसदीय समितिले प्रधान आफैले नाम फिर्ता लिने भन्दै निवेदन दिएको विषयलाई आधार बनाएर उनलाई अस्वीकृत गर्ने निर्णय गरेको हो ।

संसदीय समितिको बैठकमा प्रधानमा निर्वाचन आयुक्त हुने उच्च नैतिक चरित्र नदेखिएको भन्दै उजुरी परेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org