ताजा समाचार

आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह

काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार  कथावाचनका क्रममा उनले आफूले बोलेको एउटा शब्दलाई लिएर भइरहेको टिकाटिप्पणीप्रति खिन्नता व्यक्त गरिन् ।

आफ्नो कथावाचनको पहिलो दिन ‘गोरुको प्रिय आहारा मयुर’ भनेपछि उनको ट्रोल भइरहेको छ । उनले दोस्रो दिनमा नै गल्ति स्वीकार गरिसकेकी थिइन् । तर, पनि आलोचना नरोकिएपछि शुक्रबार यस विषयमा उनले लामै प्रष्टीकरण दिइन् । उनले आफूबाट भएको गल्ति सच्याइदिन तर मनोबल नघटाइदिन आग्रह गरिन् । आफ्नो अध्ययनको भाषिक पृष्ठभूमिका कारण बोल्दा त्रुटि हुन गएको उनले संकेत गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org