पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण
काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उनका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए । अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए। उनका अनुसार केन्द्रका डा पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा प्रकाश क्षेत्री, डा अनुप चापागाई, डा माया लामा, डा जुजु श्रेष्ठ र डा अमृत केसीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो ।
यसअघि पोखरा तथा गण्डकी प्रदेशका बिरामी मिर्गौला प्रत्यारोपणका लागि राजधानी काठमाडौँ जानुपर्ने अवस्था थियो । प्रतिष्ठानलाई यही असार ३ गते प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभाग मातहतको मानव अङ्ग प्रत्यारोपण समन्वय सचिवालयबाट अनुमति प्राप्त भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए। प्रतिष्ठानले यसअघि प्रत्यारोपणका लागि आवश्यक जनशक्ति उपलव्ध गराउने सम्बन्धमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरेको थियो ।
पहिलोपटक प्रत्यारोपण गरिएको बिरामीको सबै उपचार खर्च निःशुल्क गरिएको अस्पतालले जनाएको छ । पोेखरामा मिर्गौला प्रत्यारोपण हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा यस सेवालाई बढाउँदै लैजाने योजना अस्पतालको छ । पोखरामा दैनिक डायलासिस गर्न आउने मिर्गौलाका बिरामीको सङ्ख्या ५०० हाराहारी रहेको बताइएको छ ।
Comments
अरु समाचार
-
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
काठमाडौं । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
प्लाष्टिकका झोला प्रयोगकर्ता तथा उत्पादकलाई जरिवाना
काठमाडौं । तनहुँको व्यास नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोग गर्ने प्रयोगकर्ता, बिक्रेता र उत्पादकलाई जरिवानाको व्यवस्था गरेको छ । नगरपालिकाले...
-
वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु
काठमाडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ ।...
-
नेप्से परिसूचक २४.३९ अंकले बढ्यो
काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
सभामुखद्वारा सदन खुलाउन छलफल
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका...
-
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
छोराछोरीका लागि पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम
काठमाडौं । प्याकेटमा बन्द गरिएका तयारी खाजाका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पोसिलो खाजा बनाउन...