कलकत्ताको महावाणिज्यदूत हुन सहसचिव भट्टको चलखेल, मुख्यसचिव अर्याल साथ दिँदै
काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कलकत्ताको महावाणिज्यदूतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका सहसचिव नवराज ढुंगानालाई चक्मा दिँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख सहसचिव नारायण भट्टलाई पठाउने चलखेल सुरू गरेका छन् । सहसचिव भट्टलाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा लगेका थिए। त्यसयता सत्तामा तिनवटा गठबन्धन भयो तर सहसचिव भट्ट भने नेकपा माओवादी केन्द्र र मुख्यसचिव डा. अर्याललाई रिझाउँदै प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखा प्रमुखमै बस्न सफल हुँदै आएका छन। उनले वर्षमा चार पटक भन्दा बढी विदेश भ्रमणको अवसर लिएर डलरमा भत्ता बुझ्ने गरेका छन्। भट्टलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा कल रिसिभ गरेनन् ।
पहिलो पटक प्रधानमन्त्री प्रचण्ड पुत्री रेनु दाहाल भरतपुरको मेयरमा चुनाव लड्दा मतगणनामा मतपत्र च्यातेर मुखमा हालेको केसलाई सामान्य अवस्थामा मिलाएर केही स्थानमा मात्र पुनस् मतदान गर्न लगाई दाहाललाई जिताएर एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउने चितवनका प्रमुख जिल्ला अधिकारी भट्ट नै थिए। भट्ट गोरखाको प्रमुख जिल्ला अधिकारी हुँदा नै बुढी गण्डकी जलविद्युत आयोजनाको जग्गा अधिग्रहण गरि मुअब्जा तोक्ने र वितरण गर्ने कार्य भएको थियो। त्यसवेला पनि उनले आरूघाटको हजारौं रोपनी जग्गाको मुअब्जा प्रचलित जग्गाको मूल्यभन्दा बढी मुल्यांकन गरि मुअब्जा वितरणको तानाबुना बनाएर लाखौं कमाएका थिए।
विगत दुई वर्षदेखि प्रधानमन्त्री कार्यालयमा बसेर उनले बहिनी ज्वाइँ नारायण दुवाडीलाई सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवबाट सरूवा गरेर वाणिज्य सचिव बनाएका थिए। यसरी अधिकारको दुरूपयोग गरेर मालामाल बन्दै आएका सहसचिव भट्टले मुख्यसचिव डा. अर्यालको सारथी बनेर कलकत्ताको महावाणिज्यदूत बन्न परराष्ट्र मन्त्रालयमा सरूवा हुन लागेका छन्। कलकत्ताका महावाणिज्यदूत रहेका सहसचिव इश्वरचन्द्र पौडेलको चारवर्षे कार्यकाल पूरा हुन अब तीन महिनामात्र समय बाँकी हुँदै भट्टले मुख्यसचिव र कांग्रेसको आशिर्वादमा कलकत्ताको महावाणिज्यदूतमा नियुक्ति खान लागेका छन्।
सञ्चार तथा सुचना सचिव हुँदा करोडौं अनियमितता गरेको आरोपमा अख्तियारले बयान लिई छानबिन गरिरहेका मुख्यसचिव डा।अर्यालले प्रधानमन्त्री कार्यालयमा कांग्रेस र माओवादी केन्द्रका नेताहरूको इसारामा असक्षम, विवादित र विगतमा भ्रष्टाचारका अनेकौं काण्ड लागेका कर्मचारीहरूलाई आर्थिक शुभलाभ र कोसेलीपात बुझ्दै छानीछानी आकर्षक र मालदार स्थानमा सरूवा गरेर प्रशासनिक क्षेत्रमा बेथिति भित्र्याउँदै आएका छन्।
Comments
अरु समाचार
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
काठमाडौं । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९...
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल...
-
प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ, जसमा प्रमुख एजेन्डा संक्रमणकालीन न्याय हुने बताइएको छ। राजसंस्था...
-
पूर्वराजा ज्ञानेन्द्र शाह पक्राउ पर्न लागेका हुन् ?
काठमाडाैं । राजगद्दीका लागि मरिहत्ते गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले चालिरहेको कदम सफल हुने कुनै छाँट देखिएको छैन् । अहिले पूर्वराजा...
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...