आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण, एक घण्टा २३ मिनेट ग्रहण लाग्ने
काठमाडौं । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिनेछ।
बेलुकी ५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। बेलुकी ६:३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।
कात्तिक २२ गते मङ्गलबार बिहान ८:११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता छ। यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो। यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ।
Comments
अरु समाचार
-
बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो
काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ ९क० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी...
-
इलाम २ मा एमालेका सुहाङको फराकिलो अग्रता
विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनका ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले...
-
आजको राशिफलः २०८१ वैशाख १७ गते सोमवार
मेष: फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै
इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।फाकफोकथुम गाउँपालिकाको ५ वटा...
-
दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
काठमाडौं । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १०...
-
बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न
काठमाडौ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको...
-
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
काठमाडौ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को...
-
मौलिक पुख्र्यौली नाच प्रतियोगिता
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा शनिबार सम्पन्न सर्वाधिक पुरस्कार राशिको मौलिक पुख्र्यौली नाच प्रतियोगितामा अन्नपूर्ण–८ काफलडाँडाको समूह विजयी...