ताजा समाचार

बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो

काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ ९क० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४ सय ९२ मत ल्याउनुभएको छ । नेकपा एमालेका दमन बहादुर भण्डारीले ७ हजार २ सय २८ मत ल्याउनुभएको छ ।

त्यस्तै, माओवादीका जनक बहादुर बुढाले २ हजार ८ सय ९५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार १ सय २ मत ल्याउनुभएको छ ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org