ताजा समाचार

इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा

काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना भइसकेको छ । जसमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित लिड गरिरहका छन् ।

पछिल्लो विवरणअनुसार १५ हजार ९६८ मत गन्दा नेम्वाङले ६४०३ मतसहित अगाडि हुँदा कांग्रेसका डम्बर खड्का ४७८० ले दोस्रो छन् । उनीहरुबीच १६२३ मतको अन्तर छ ।

सुरुदेखि नै तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिम ३१८८ मत ल्याएका छन् भने रास्वपा मिलन लिम्बु १ हजार मत प्राप्त गरेका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org