आमाको दूधपछि अण्डामा दोस्रो गुणस्तरको प्रोटिन
काठमाडाैं । न्यून लागत मूल्यमा पाइने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठको भनाइमा अण्डामा हाम्रो शरीरलाई चाहिने सबै किसिमका पौष्टिक तत्व पाइन्छ । अण्डामा प्रशस्त मात्रामा उच्च गुणस्तरको प्रोटिन पाइने बताउँदै उनले भनिन्,“गेँडागुडी, माछामासुमा पाइने प्रोटिनभन्दा अण्डामा पाइने प्रोटिन शरीरको लागि चाहिने उच्च गुणस्तरीय हो ।” अण्डामा आमाको दूधमा पाइनेभन्दा दोस्रो गुणस्तरको प्रोटिन भएको उनको भनाइ छ ।
‘हाम्रो शरीरलाई चाहिने सबै किसिमका आवश्यक एमिनो एसिड अण्डामा पाइने भएकाले अण्डालाई पूर्ण प्रोटिन पनि भनिन्छ”, पोषण अधिकृत श्रेष्ले थपिन्, “अण्डाको प्रोटिनले शरीरको वृद्धि विकास गर्न, शरीरमा भएका घाउ निको पार्न, विभिन्न किसिमका रोगसँग लड्ने दक्षता बढाउन, शरीरमा मांसपेशी निर्माण गर्न मद्दत गर्दछ ।”
एउटा अण्डामा लगभग छ ग्राम प्रोटिन, पाँच ग्राम फ्याट, भिटामिन ए, डि, इ, बि १२ पाउनुका साथै विभिन्न खनिज पदार्थ पाइने श्रेष्ठ बताउँछिन् । उनका अनुसार अण्डाको सेतो तथा पहेला दुवै भागमा प्रचुर मात्रामा पौष्टिक तत्व पाइने भएकाले हाम्रो शरीरको लागि दुवै भाग महत्वपूर्ण हुन्छ । सेतो भागमा अण्डामा पाइने सम्पूर्ण प्रोटिनको आधाभन्दा बढी प्रोटिन पाइनुका साथै अरु खनिज पदार्थजस्तै क्यालसियम, म्याग्नेसियम, पोटासियम, सेलेनियम, सोडियम, सल्फर, जिंक आदि पाइने उनको भनाइ छ ।
अण्डाको पहेँलो भागमा धेरै भात्रामा ओमेगा थ्री फ्याटी एसिड (राम्रो चिल्लो) र थोरै मात्रामा नराम्रो चिल्लो (स्याचुरेटेड फ्याट) पाइन्छ । अण्डा खाएपछि तुरुन्त भोक नलाग्ने भएकोले तौल कम गर्न चाहने मानिसका लागि यो फाइदाजनक हुने श्रेष्ठ बताउँछिन् । उनले अगाडि थपिन्, “अण्डा बच्चा, बूढाबूढी, गर्भवती महिला, दूध खुवाउने आमा, क्यान्सर तथा विभिन्न रोगका बिरामी सबैका लागि एकदम आवश्यक हुन्छ ।”
एउटा स्वस्थ मानिसले दैनिक एकदेखि दुई वटा अण्डा खान ठीक मानिने बताउँदै उनले धेरै प्रोटिन चाहिने मानिसले थप एक दुई अण्डाको सेतो भाग खान सक्ने सुझाव दिए । मुटुको रोग, मधुमेह, उच्च कोलेस्टेरोलको समस्या नभएका क्यान्सरका बिरामी तथा अन्य रोगका बिरामीका लागि शल्यक्रिया गरेका घाउ चाँडो निको पार्न, शरीरमा रगतको मात्रा बढाउन, शरीरमा मांसपेशी बढाउन, रोगसँग लड्ने क्षमता बढाउन आदिको लागि दिनको एक दुई पूरा अण्डा खान फाइदाजनक हुने उनी बताउँछिन् ।
पोषण अधिकृत श्रेष्ठ भन्छिन्, “बढी प्रोटिन चाहिने बिरामीले थप अण्डाको सेतो भाग खान सक्छन् । मधुमेह, मुटुका रोगी तथा उच्च कोलेस्टेरोल भएका बिरामीले हप्तामा तीन–चार वटा अण्डा खान सक्छन् भने सेतो भाग शरीरको आवश्यकताअनुसार दिनहुँ खान सक्छन् ।”
फिजिसियन डा महेन्द्र अग्रहरी प्रोटिनको सबैभन्दा राम्रो स्रोत अण्डा भएको बताउँछन् । पहेँलो भागमा कोलेस्ट्रोल र मिनिरल्स पाइन्छ । उनले बच्चालाई कोलेस्ट्रोल पनि चाहिने हुँदा पहेलो भाग खुवाउनुपर्ने बताए । कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप भएकालाई पहेँलो भाग नखान उनको सुझाव छ । मादक पदार्थ धेरै खाएर प्रोटिनको मात्रा घटेका, कलेजोमा समस्या देखिएकाले प्रोटिन बढाउने मुख्य माध्यम अण्डा भएको डा अग्रहरीको भनाइ छ । उनले भने “अण्डाले कलेजो र शरीरमा थिग्रिएको पानीलाई सोस्न सहयोग गर्छ ।” वयस्क र बच्चाका लागि दैनिक कम्तीमा एउटा अण्डा खानुपर्ने उनको सुझाव छ ।
शारीरिक, मानसिक वृद्धि सबैमा अण्डा उपयोगी हुने उनको भनाइ छ । मानिसलाई बुझाउन नसक्दा अण्डाको उपयोग कम भएको बताउँदै उहाँनले यसका लागि उपयुक्त माध्यम जनचेतना नै भएको बताए । विश्वको तुलनामा नेपालमा अण्डाको उपभोग निकै कम छ । नेपाल पशु चिकित्सक परिषद्का उपाध्यक्ष, वरिष्ठ पशु चिकित्सक डा सुवीरसिंह एशियाका मानिसले वार्षिक एक सय ८० अण्डा उपभोग गर्नुपर्ने भए पनि नेपालमा यो दर ६१ मात्रै रहेको बताए । जापानमा यो दर तीन सय ६२ रहेको उनले जानकारी दिए ।
नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट कम मूल्यमा पाइने स्वास्थ्यवर्द्धक अण्डाको महत्वको बारेमा आम नागरिकलाई जानकारी गराउन नसकिएको बताउँछन् । बालबालिकालाई खाजाको रुपमा ड्राइफुड प्रयोग भइरहेको भन्दै उनले आमनागरिकलाई जनचेतना जगाएर अण्डाको उपभोगलाई बढाउनुपर्ने बताए । नेपालमा अहिले एउटा अण्डा उत्पादन गर्न १५ हाराहारी लागत खर्च हुने गरेको छ ।
किसानले बिक्री गर्ने मूल्य १० हाराहारी छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेल बालबालिकालाई अस्वस्थ खाजा प्रयोग भइरहेको भन्दै राज्यले नै यस्ता कुरा निरुत्साहित गरेर अण्डाको उपभोग बढाउने नीति बनाउनुपर्ने बताउँछन् ।
Comments
अरु समाचार
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
पूर्वप्रधानसेनापति सिंहको निधन
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या...