इटहरी गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा युथ भिड्दै
इटहरी । इटहरीमा जारी १३ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको शनिबार (आज() फाइनल खेल हुँदैछ । उपाधिका लागि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुँदैछ ।
शुक्रबार ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै दुवै टिमले आँफूहरूले प्रतियोगिता जित्नेमा विश्वस्त रहेको जनाएका छन् । दुवै टिमले विपक्षी टिम बलियो रहेको र आँफूहरूले खेल जित्नेगरी तयारी गरेको जनाएका हुन् । साबिक बिजेता सगरमाथा युथ क्लब मोरङका टिम प्रशिक्षक याम गुरुङले सौहार्दपूर्ण रूपमा प्रतियोगिता हुने बताए ।
‘हामी गत वर्षको पनि बिजेता भएका कारण यसवर्ष पनि ट्रफी उचाल्नेगरी खेल खेल्नेछौँ,’ उनले भने, ‘चर्च ब्वाइज क्लब पनि अब्बल टिम भएका कारण हामीलाई चुनौती नै छ, तरपनि हरेक खेलाडीको उदेश्य जित्ने नै हुन्छ ।’ सगरमाथाका कप्तान महेन्द्र कार्कीले दुवै टिम परिचित भएका कारण खेलमा सौहार्दपूर्ण प्रतिष्पर्धा हुने बताए ।
‘क्लबको प्रतिष्ठाका लागि पनि फाइनलको उपाधि जित्नेगरी हामीले खेल्ने रणनीति बनाएका छौँ,’ उनले भने, ‘हामीले गत वर्षपनि जितेको र यो वर्षपनि फाइनलका लागि पुग्दा खुशी छौँ, यस वर्ष पनि ट्रफी उचाल्ने लक्ष्य छ ।’चर्च व्बाइज युनाइटेड क्लबका प्रशिक्षक प्रदीप हुमागाईँले फाइनल खेल भएकाले खेल स्वभाविक रूपमै प्रतिस्पर्धात्मक हुने बताए ।
टिमका सबै खेलाडीको मिहेनतले फाइन पुगेको बताउदै हुमागाईँले सबै खेलाडी फिट रहेकाले उपाधी जित्नेमा ढुक्क रहेको बताए । उनले भने, ‘पूर्वेली दर्शकसँग रम्न पाएका छौँ, यहाँ फुटबलको क्रेज समेत देखिएकाले हामीले उपाधि जित्नेमा आशावादी छौँ ।’ उनले आँफूहरूको टार्गेट लिग रहेकाले पनि मोफसलमा भइरहेको यो प्रतियोगिता जित्नैपर्ने दबाबमा समेत रहेको बताए ।
चर्च ब्वाइजमा कप्तान मिलन राईले भने आँफूहरू च्याम्पियन नै हुने भनेर खेल खेल्ने बताए । ‘हरेक खेलाडीले च्याम्पियन नै हुन्छौँ नै भनेर खेलिएको हुन्छ, हाम्रो उदेश्य पनि त्यही नै हो,’ उनले भने ।यसअघि सगरमाथाले क्वाटरफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै सेमिफाइनलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबमाथि जीत हात पारेको थियो ।
यस्तै, चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई पराजित गर्दै सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि जीत हात पारेको थियो । राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा भइरहेको प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।
गोल्डकपलाई कन्ट्रोल लुब्रिकेटले प्रायोजन गरेको छ । इटहरी उपमहानगरपालिकाको संयोजन रहने प्रतियोगिताका लागि खेलकुद विकास बोर्ड कोसी प्रदेशले १४ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...