नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज शुक्रवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले आज कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।
कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान एवम् रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बन्नुभएको छ । आठ जना मन्त्री पाएको कांग्रेसले चार जना मन्त्री पठाएको छैन ।यस्तै माओवादी केन्द्रबाट शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्नुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्षसमेत रहेका बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास मन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएको छ ।
जनता समाजवादी पार्टीबाट सङ्घीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुभएको छ ।
जनमत पार्टीका अब्दुल खानले सहमतिअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नपाएपछि खानेपानी मन्त्रीबाट राजीनामा दिनुभएको छ । सरकारले अझै पूर्णता भने पाएको छैन । प्रधानमन्त्री प्रचण्डसँग अझै कानुन न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।
Comments
अरु समाचार
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...