ताजा समाचार

एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो अनवरत राजनितिक यात्रामा रहेका गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन् । ओखलढुंगा र कोशी प्रदेशमा समृद्धिको नायकका रुपमा परिचित एवम् समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियानका एक कमाण्डरका रुपवमा गुरुङलाई लिइने गरिएको छ ।

अम्बिरबाबु गुरुङ एमालेका नेताहरुमध्ये एउटा ब्राण्ड हुन् , जो पार्टीको संकटमा सतीसाल झैं उभिन्छन् । उनीसँग कार्यकर्तालाई नेता बनाउने क्षमता छ । रुपान्तरण र पुस्तान्तरण आफैंबाट सुरु गर्ने नेताका रुपमा उनी चिनिन्छन् । गुरुङ विरोधीका अघि डरलाग्दो र एमालेका लागि भरलाग्दो नाम भएको एमाले नेता तथा कार्यकर्ताहरु नै दाबी गर्छन् ।

उनी सँधै पार्टी, नीति, विधि र नेतृत्वका पक्षमा अटल भई संगठन निर्माण र परिचालनमा अब्बल भूमिका खेल्ने व्यक्ति हुन् । निरन्तर जिल्ला र प्रदेश तहमा कुशलतापूर्वक जिम्मेवारी सम्हालेका गुरुङ भिजनरी लिडर हुन् । आफू यस पटकको महापिधवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेको र अमूल्य मतदान गरी विजयी बनाउन देशभरका प्रतिनिधिहरुमा उनले हार्दिक अपिल गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org