प्रधानमन्त्रीले कोशी प्रदेशमा अस्थिरता मच्चाएको एमालेको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीले कोशी प्रदेशमा अस्थिरता मच्चाएर खेल्न खोजेको आरोप लगाएको छ । शुक्रबार पार्टी कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बारम्बार आक्रमण भइरहँदा सुरक्षा प्रशासन मुकदर्शक बनेको बताउनु भयो ।
‘झापा पुग्दा उहाँहरुमाथि ढुंगामुढाको प्रयास भयो । प्रशासन मुकदर्शक भएर बस्यो, अवाञ्छित गतिविधिमाथि केही पनि गरेन,’ उहाँले भन्नु भयो, ‘इलाममा पनि बाटो छेकियो, पशुपतिनगरमा पनि त्यही भयो । तर प्रशासनले नियन्त्रण गर्नुभन्दा पनि मुकदर्शक बन्यो ।’ पार्टी नेताहरुमाथि ढुंगामुढा गर्नेमा सत्तारुढ माओवादी केन्द्रका कार्यकर्ता नै संलग्नु हुनुले आफूहरुलाई गम्भीर बनाएको उहाँले बताउनु भयो।
वाञ्छित गतिविधिको प्रधानमन्त्री स्वयं संरक्षक बनेको भन्दै एमाले उपमहासचिव रिमालले भन्नु भयो, ‘कसरी आतंक सिर्जना गर्न सकिन्छ रु कसरी अस्थिरता सिर्जना गर्न सकिन्छ भनेर गर्न खोजिएको रिहर्सल जस्तो हामीले मानिरहेका छौं ।’ समयमै सचेततापूर्वक नसोच्ने हो भने कसैले कसैलाई नियन्त्रण गर्न नसक्ने, जसले जे गरेपनि हुनेजस्तो अवस्था आउनसक्ने उहाँले बताउनु भयो ।
एमाले सचिव योगेश भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताउनु भयो ।कोशी प्रदेश नामाकरणको बिरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भए पनि माओवादी केन्द्रका संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक भएको उहाँले बताउनु भयो । भट्टराईले भन्नुभयो ,’अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा यो सम्भव छैन ।’
Comments
अरु समाचार
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।सभामुख देवराज घिमिरेले कांग्रेससँग...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...