आत्महत्या दुरुत्साहनको उजुरी परेका विराटनगरका दुईजना पक्राउ
विराटनगर । दुरुत्साहन गरेको उजुरी परेका विराटनगरका दुईजना पक्राउ गपरेका छन् । विराटनगर महानगरपालिका-४ बस्ने ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका-३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते बिहान सोही महानगरपालिका-४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेकोमा तत्काल उपचारको लागि विराटनगरस्थित रेडप्लस अस्पताल लगिएकोमा उपचारको क्रममा वैशाख १५ गते मृत्यु भएको थियो ।
उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङमा आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दाको जाहेरी परेकोमा उक्त कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न गति पोखरेललाई उनकै घरबाट र सविना पोखरेललाई झापा कमल गाउँपालिका-४ बाट पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला अदालत मोरङबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।
Comments
अरु समाचार
-
दुबई पठाइदिने भन्दै १९ लाख ठग्ने दुईजना प्रहरी नियन्त्रणमा
काठमाडौं । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको...
-
सार्वजनिक शौचालयमा नवजात शिशु फेला
काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा एक नवजात शिशु फेला परेको छ । थाहा नगरपालिका–४ शिखरकोटस्थित...
-
१० थान भरुवा बन्दुक सहित तीन जना पक्राउ
काठमाडौं । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ६ सटेडाबाट १० थान भरुवा बन्दुक र ३३ थान बन्दुकको नाल सहित ३...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तीनजना पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ...
-
काठमाडौँको बौद्धबाट २० जना जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार २० जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको...
-
आठ लाखसहित १२ जना जुवाडे पक्राउ
काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाका फिरोज लालचनले सञ्चालन गरेको माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट साढे आठ लाखसहित १२ जना...
-
सहकारी ठगी प्रकरणमा ‘नयाँ ट्विस्ट’ जिबीलाई बचाउँन रास्वपाकै नेताहरुको ‘साँठगाँठ’
काठमाडौं । हतारोमा न्युज लेख्ने ? यसो भन्दै माइक्रोसफ्टमा जागिरको हवाला दिएर आफै हतारोमै "Fake email" को निश्कर्ष निकाल्ने र...
-
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ
काठमाडौं । झापा मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी...
-
प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।...