शरणार्थी प्रकरणमा मेरा नजिक भनिएकालाई मुछ्न खोजियो : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निकटको नाम आएपछि आपत्ति जनाएका छन्।
शुक्रबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई च्यासलमा भएको बाट प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना नजिकका भनिएका मान्छेहरूलाई पोल्न लगाउने काम गरेकोमा आपत्ति जनाएका हुन्।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा खासगरी मेरा नजिकका भनिएका मान्छेहरूलाई पोल्न लगाउने, कसरी नाम लेख्न, मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने? पुलिससँग कसैले नाम उच्चारण गर्यो भने त्यो सँगसँगै नाम कसरी पुग्छ? कहिले भोलिपल्ट अखबारमा पुग्छ, भोलिपल्ट बयानमा आउँछ। कस्तो तयारी साथ? साइन गर्न नमान्दा कति दिन बयान रोकियो। अनि भ्रष्टाचार कसरी भएको छ पछि तथ्यांक आउनेछ,’ उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार केशव दुलालले बयानमा ओलीको स्वकीय सचिवहरूको नाम लिएका थिए। उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृह सचिव प्रेमकुमार राई र तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्यको नाम पनि मुछेका छन्।
अध्यक्ष ओलीले यस प्रकरणमा सम्पूर्ण बाढी एमालेतर्फ खन्याउन खोजिएको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेविरुद्ध हिलो छ्याप्ने प्रयास गरेको आरोप लगाए।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...