टी-२० सिरिजः पहिलो खेलमा मलेसियासँग नेपाली महिला टोली पराजित
काठमाडाैँ । मलेसियाविरुद्धको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ।
सोमबार भएको सिरिजको पहिलो खेलमा नेपाली महिला टीमले टस हारेर पहिले ब्याटिङ गर्दै ५० रनमात्र बनाउन सकेको थियो। जवाफमा उक्त लक्ष्य मलेसियाले १३.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै सिरिजमा १-० को अग्रता बनाएको हो।
५० रनको सामान्य लक्ष्य पछ्याएको मलेसियाका लागि एइना हमिजाले १२ रनको अविजित इनिङ खेल्दा वान जुलिययाले १३ रन बनाइन्। त्यस्तै, एन नवा ८ रनमा अविजित रहँदा छोटो लक्ष्य सहज रूपमा पूरा गर्न मलेसियाका ब्याटर सफल भए।
नेपालका लागि सिता राना मगर र रुविना क्षेत्रीले समान २-२ विकेट लिएका थिए।
त्यसअघि घरेलु टोली विरुद्ध निकै खराब ब्याटिङ गरेको नेपालका लागि कुनै पनि खेलाडीले गतिलो इनिङ खेल्न सकेनन्। नेपाली ब्याटर १६.५ ओभरमा अलआउट हुँदै ५० रनमा समेटिएको थिए।
नेपालका लागि सम्झना कुमारी खड्काले १३ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक ज्योति पाण्डेको ११ रन थप दोहोरो स्कोरका रूपमा रह्यो। नेपालले अतिरिक्त रनका रुपमा ११ रन प्रताप्त गरेको थियो।
नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाका लागि निक नुरले ३ विकेट लिँदा एना हमिजा र ऐसा एलेसा र महिराज इस्मालिले समान २-२ विकेट लिएका थिए।
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...