तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिकरूपमा संस्थागत हुँदै गइरहेको बताउनुभएको छ । उहाँले हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता रहेकोसमेत बताउनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री चौधरीले तीन तहका सरकारबीच अधिकारको बाँडफाँटसँगै सङ्घीयताको सुदृढीकरणका लागि सहयोग सहकार्य र समन्वयको महत्व र आवश्यकता अझै रहेको औँल्याउनुभएको छ ।
‘गणतन्त्र दिवसले मुलुकको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु’, सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री चौधरीले शुभकामना सन्देशमा प्रदेशका नागरिकलाई आर्थिक समृद्धिको बाटोमा लैजान प्रदेश सरकार दृढतापूर्वक अगाडि बढेको उल्लेख गर्नुभएको छ । यसका साथै संविधानले प्रत्याभूत गरेका अधिकार सुनिश्चित गरिरहेको सन्दर्भमा ती अधिकारलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्र निर्माणमा यस दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास उहाँले सन्देशमा व्यक्त गर्नुभएको छ ।
Comments
अरु समाचार
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सदस्यको हस्ताक्षर
काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखको कार्यलयमा बुझाएका...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...