ताजा समाचार

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत

काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले प्रस्तुत गरेको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

जितका बाबजुद नेपालले शृंखला गुमाएको छ । पाँच खेलको शृंखलामा वेस्ट इन्डिज ३–२ ले च्याम्पियन बनेको हो ।0

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org