त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्टिय रंगशाला बनाउने सरकारको तयारी
काठमाडौं । सरकारले कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको रङ्गशालाका रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डा. रामशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै त्रिवि क्रिकेट मैदानमा आगामी आर्थिक वर्षभित्र फल्ड लाइट राख्ने काम सम्पन्न गर्ने घोषणा गरेका छन् । उनले निर्माणाधीन मूलपानी क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गरेको बताए ।
अर्थमन्त्री महतले काठमाडौँको सुवर्णशम्शेर रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला, बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको निर्माण कार्य अगाडि बढाउन बजेट छुट्याएको बताए ।उनले सार्वजनिक निजी साझेदारीमा प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, अल्ट्रा म्याराथन लगायतका साहसिक खेलकुदका खेल पूर्वाधार निर्माणको व्यवस्था गरिने बताए ।
अर्थमन्त्री महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था मिलाएको बताए । उनले नेपाल क्रिकेट सङ्घ ९क्यान०, नेपाल ओलम्पिक कमिटी, अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० लगायतका विभिन्न खेलकुद सङ्घको क्षमता विकास गरी खेलकुद प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गर्ने बताए । सरकारले १९औँ एसियाली खेलकुद प्रतियोगिता र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि बजेट छुट्याएको छ भने निर्माणाधीन धनगढी, पोखरा, इटहरी र नेपालगगञ्जको प्रदेश रङ्गशाला र कभर्डहलको निर्माण सम्पन्नका लागि बजेटको व्यवस्था गरिएको छ ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...
-
वर्षासँगै काठमाण्डौं प्रदूषण कम हुँदै
काठमाडौं ।काठमाडौं उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ । यही वैशाख २० गते विश्वको...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
कोइली खोलाले बगाउँदा एकको मृत्यु
काठमाडौं । वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ । सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई...
-
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार
काठमाडौं। भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ...
-
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
काठमाडौं । विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छिन् । सरकारले...
-
नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले प्रमुख दलसँग छलफल गर्दै
काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित...