ताजा समाचार

चिनियाँ रक्षामन्त्री भन्छन्– अमेरिकासँग युद्ध भए विश्वकै लागि प्रकोप

काठमाडाैँ । चीनका रक्षामन्त्री ली साङ्फुले पदभार सम्हालेपछि आफ्नो पहिलो भाषणमा अमेरिकासँग युद्धका कुरा गरेका छन् ।

उनले अमेरिकासँगको युद्ध विश्वका लागि असहनीय प्रकोपजस्तै हुने बताए ।

सिंगापुरमा जारी एसिया प्यासिफिक क्षेत्रको वार्षिक सुरक्षा सम्मेलन ‘साङ्ग्री–ला संवाद’मा उनले एसियाका केही देशहरूले हतियारका लागि प्रतिस्पर्धा गरिरहेको पनि बताए ।

ली साङ्फुले अमेरिका र चीनले साझा आधार र साझा हित खोज्नुपर्ने बताए । यसअघि अमेरिकाले चीनले आफ्नो युद्धपोतलाई असुरक्षित ढङ्गले घेरेको आरोप लगाएको थियो ।

शनिबार अमेरिकी नौसेनाले आफ्नो युद्धपोत क्यानाडाका जहाजहरू लिएर ताइवान स्ट्रेट पार गर्दा चिनियाँ जहाज असुरक्षित तरिकाले त्यतातिर आएको बताएको थियो ।

सम्मेलनमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिन पनि सहभागी थिए । ली साङ्फुले हालै चीनको रक्षामन्त्रीको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेपछि उनले अमेरिकामा शीतयुद्धको मानसिकता रहेको आरोप लगाउँदै जोखिम बढाउने काम गरिरहेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org